१३ बैशाख २०८१, बिहीबार

कोरोना विरुद्धको खोप अभियान



  • दोस्रो चरणको खोपका लागि धनगढीमा ११ केन्द्र
  • जिल्लाका चार स्थानीय तहमा ३३ खोप केन्द्र

धनगढी । धनगढी उपमहानगरपालिकामा कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरण अन्तर्गत ११ वटा खोप केन्द्र तोकिएका छन् ।

त्यस्तै, दोस्रो चरणको खोप अभियान अन्तर्गत कैलालीका धनगढी उपमहानगरपालिका सहितका चार स्थानीय तहमा ३३ वटा खोप केन्द्र तोकिएका छन् ।

भोली (आइतबार) देखि धनगढी उपमहानगरपालिकामा पनि कोरोना (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन हुदैछ ।

दोस्रो चरणमा ५५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकलाई खोप दिने योजना रहेको धनगढी उपमहानगरपालिकाले जानकारी गराएको छ ।

खोप लगाउने केन्द्र स्वास्थ्य संस्था नै हुनुपर्ने भएकाले धनगढीले १० स्वास्थ्य केन्द्र र उपमहानगरपालिकाको कार्यालयलाई केन्द्र तोकेको छ । वडा छुट्याएर केन्द्र तोकिए पनि परिचय खुल्ने फोटोसहितको परिचयका आधारमा पायक पर्ने स्वास्थ्य संस्थामा खोप लगाउन सकिने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

खोप केन्द्र तोकिएका स्थानहरूमा फूलवारी स्वास्थ्य चौकी, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बेली, उर्मा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र उर्मा, शहरी स्वास्थ्य केन्द्र धुर्जन्ना, शहरी स्वास्थ्य केन्द्र कैलाली गाउँ, शहरी स्वास्थ्य केन्द्र जुगेडा, शहरी स्वास्थ्य केन्द्र घुयाघाट, शहरी स्वास्थ्य केन्द्र मटियारी, शहरी स्वास्थ्य केन्द्र घोडसुवा र धनगढी उपमहानगरपालिकाको कार्यालय रहेको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका सिअहेव लक्ष्मीप्रसाद उपाध्यायले धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ५ र ८ नम्बर वडाका स्थानीयले धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा, १४, १८ र १९ नम्बर वडाका स्थानीयले फूलवारी स्वास्थ्य चौकीमा र ९ र १० नम्बर वडाका स्थानीयले घुईयाँघाटबाट खोप लगाउन सक्ने छन् ।

उनले अन्य वडामा वडामै केन्द्र राखिएको बताए । उनले भने– धनगढी उपमहानगरपालिकाको प्राङ्गणमै साढे १० हजार व्यक्तिलाई खोप लगाउनका लागि अहिले तीन वटा केन्द्र राखिने र आवश्यक परे थप गरिने छ ।’

धनगढी उपमहानगरपालिकाले ५५ वर्षभन्दा माथिका २२ हजार आठ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।

उपमहानगरपालिकाले प्रत्येक केन्द्रमा अनिवार्य दुई जना स्वास्थ्यकर्मी राख्नेसहित ३० जना स्वास्थ्यकर्मी खटाउने जनाएको छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीसहित ६६ जना स्वयमसेवी र दुई सय १४ जना महिला स्वास्थ्यस्वयमसेविका खटाउने जनाएको छ ।
सबै केन्द्रमा खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । उनका अनुसार खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र, कार्यालयको परिचयपत्र लिएर जानुपर्नेछ । परिचयपत्र उपलब्ध नहुनेका लागि सिफारिस आवश्यक पर्नेछ । उपमहानगरपालिकाले २७ गतेसम्म खोप लगाउने कार्यक्रम अघि बढाउने जनाएको छ । उनले भने– हामीले फागुन २३ गतेदेखि २७ गतेसम्म खोप लगाउने भनेका छौ तर, आवश्यक परे समय थप गरिने छ ।’

‘कोभिड–१९ रोगविरुद्धको खोप अभियान, कार्यक्रम सञ्चालन निर्देशिका २०७७÷०७८’ मा पालिकाका अध्यक्ष÷प्रमुखको संयोजकत्वमा पालिका समन्वय समिति र वडाध्यक्षको संयोजकत्वमा वडा समन्वय समिति गठन हुने व्यवस्था छ ।

यसैगरी कैलालीका धनगढी उपमहानगरपालिकासहित चार स्थानीय तहमा दोस्रो चरणको खोप अभियानका लागि ३३ वटा खोप केन्द्र तोकिएका छन् ।

टीकापुर नगरपालिकामा सात वटा खोप केन्द्र तोकिएका छन् । त्यस्तै, गौरिगंगा नगरपालिकामा ११ र लम्कीचुहा नगरपालिकामा चार वटा खोप केन्द्र तोकिएका छन् ।

१३ मध्ये चार वटा तहमा खोप शुरु हुँदै

१३ वटा स्थानीय तह रहेको कैलालीमा भोली (फागुन २३ गते) देखि शुरु हुन लागेको कोरोना विरुद्धको खोप चार स्थानीय तहमा शुरु गरिन लागेको छ ।

लक्ष्यअनुसारको खोप उपलब्धता नभएपछि जिल्लाको धनगढी उपमहानगरपालिका, गौरिगंगा, टीकापुर र लम्की चुहा नगरपालिका गरी चार स्थानीय तहमा शुरु गरिन लागेको हो ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार ५५ वर्षभन्दा माथिका एक लाख १८ हजार दुई सय ६६ जनामा कोरोना खोप लगाउने लक्ष्य रहेकोमा अहिले ४७ हजारका लागि मात्र खोप रहेकाले चार स्थानीय तहमा शुरु गरिन लागेको जनाइएको छ । कार्यालय प्रमुख लालबहादुर धामीले भने– अहिले हामीले चार वटा स्थानीय तहमा खोप केन्द्रमार्फत लक्षित समुदायलाई खोप लगाउने छौं । थप खोप आएपछि अन्य स्थानीय तहमा पनि शुरु गर्छौ ।’

जिल्लाका १३ वटा स्थानीय तह गरी ९० वटा खोप केन्द्र तोकिएको छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, संघ÷संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतलाई अभिमुखीकरण कार्यक्रम गरि सकिएको प्रमुख धामीले बताए ।

एक सय ५६ वडा रहेको कैलालीमा सबैलाई खोपको पहुँचमा ल्याउन दुई सय स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै महिला स्वास्थ्यस्वयमसेविका पनि खटाइने छ ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाउन माघ १४ गतेदेखि २६ गतेसम्म शुरु गरेको थियो भने पहिलो चरणको दोस्रो लक्षित समुह अन्र्तगत फागुन २ देखि ८ गतेसम्म शुरु गरिएको थियो । अब दोस्रो चरणअन्र्तगत पहिलो लक्षित समुहअन्र्तगत फागुन २३ गतेदेखि सञ्चालन गरिन लागेको छ ।

कैलालीमा पहिलो चरणको दोस्रो लक्षित समुहअन्र्तगत छ हजार व्यक्तिलाई खोप लगाउने लक्ष्य लिइएकोमा पाँच हजार पाँच सय ८१ पुरुष र एक हजार एक सय २८ महिला गरि छ हजार सात सय १० जनाले खोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार