१३ बैशाख २०८१, बिहीबार

संसद पुनस्थापना भए पनि चिन्ता छैन– प्रधानमन्त्री ओली




अनुमोदन समाचार/धनगढी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसद पुनस्थापना भए पनि कुनै चिन्ता नभएको बताएका छन्् । उनले न्यायालयलाई धम्की पनि नदिएको दाबी गरे ।

केही दिन अघि बिराटनगरबाट ‘अदालतबाट संसद पुनस्र्थापनाको पक्षमा फैसला आएमा आन्दोलन गर्ने’ “चेतावनी” दिएका प्रधानमन्त्री ओलीले सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा आफूले न्यायालयप्रति विश्वास गरेको बताए ।

‘कसैलाई संसद पुनस्र्थापना नभएमा आफ्नो राजनीति सक्किने हो कि भन्ने चिन्ता बढेको होला” प्रधानमन्त्री ओलीले भने– तर हामीलाई त्यस्सो चिन्ता छैन । हाम्रो विकासको आन्दोलन जारी रहनेछ ।
उनले आफूले संसद पुनस्र्थापना भए पनि विकासको आन्दोलन जारी रहने बताएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले न्यायालयलाई धम्कि दिने आफ्नो बानी नभएको बताए ।

‘स्वतन्त्र न्यायालय र शक्ति पृथकिकरणको सिद्धान्तलाई मैले सदैव मानेको छु’ उनले भने– अदालतको निर्णय गलत हुनसक्दछ । त्यस्तो भएको अवस्थामा पुनरावलोकन गर्न सकिन्छ । तर, धम्कि दिने काम कहिल्यै गरिंदैन ।

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिए ।

‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु’, उनले भने– अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस् ।’

उनले समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम राज्यको भएको भन्दै उनले कसैको दबाबमा काम गर्न नहुने बताए ।

नेकपा विभाजनको विषयमा बोल्दै उनले भने– केहीकेही फलहरू कुहिएर झर्छन् । फल झ¥यो भनेर चिन्ता लिने होइन । पार्टीबाट छुट्टीएर गएकाहरूले भ्रम सिर्जना गर्ने र अलमलाउने काम गरिरहेका छन्् । त्यसबाट सबै सचेत हुनुपर्छ ।

उनले पार्टी छोडेर गएका नेता कार्यकर्तालाई मुल पार्टीमै फर्किन आह्वान समेत गरे । देश बनाउने अभियानलाई साथ दिन भन्दै उनले भत्काउने र बिगार्नेको पछि लागेर भविष्य नबिर्गान युवाहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले देशभरीको सुकुम्बासी, भूमिहीनका, आरक्ष विस्थापित लगायतका जनताको समस्या समाधान गर्न सरकारले आयोग बनाएको बताए । भने– अब यही आयोगले यी सबै समस्याको समाधान गर्छ ।’

प्रधानमन्त्री ओलीले भारतले मिचेको भूमि समेटेर सरकारले नक्सा र संविधानमा उल्लेख गरेको भन्दै अब गुमेको भूमि फिर्ता ल्याउने दाबी गरे । उनले भारतसंग वार्ता र संवाद भइरहेको बताए ।

‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं’ उनले भने– अब यसले एउटा वातावरण बनेको छ । भारतसंग संवाद भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले महाकाली बेचेको भन्ने हल्ला गलत रहेको बताए । भने– महाकाली नदी बेचेको होइन । सित्तैमा बगेको नदीको पानी किसानको खेतमा हालेका हौं ।’

उनले सुदूरपश्चिम सुन्दर पश्चिम मात्रै नभएर आर्थिक हिसाबले विकसित हुने दिशामा अघि बढेको भन्दै उनले सरकारले विकसित प्रदेशका रुपमा अगाडि बढाउने बताए ।

‘औद्योगिक क्षेत्रले यहाका जनतालाई रोजगारी दिने छ । यहाका उद्योगले सीप विकास र तालिम, अनि रोजगारीको सिर्जना गर्नेछन्,’ प्रधानमन्त्री ओलीले भने– औद्योगिक क्षेत्र स्थापना भएपछि अन्य गतिविधि, आर्थिक गतिविधि र क्रियाकलाप बढ्ने छन्् ।

लगानीको वातावरण बन्ने छ ।कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीबाट प्रतिपक्षी भएर सडकमा गएकाले विनाश चाहिरहेको बताए ।

‘प्रधानमन्त्री ओलीको नेतृत्वमा हामी विकास भनिरहेका छौं । हामीबाटै प्रतिपक्षी भएर सडकमा गएकाले विनाश भनिरहेका छन्’, मन्त्री भट्टले भने– सरकारले बेरोजगारी समस्या समाधान गर्न लागि परेको छ । मुलुकलाई सम्बृद्ध बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अघि बढ्दैछौं ।
सधैं पूर्वबाट मात्रै विकासको आरम्भ हुने गरेको भन्दै उनले अहिले प्रधानमन्त्रीकै निर्देशनमा पश्चिमबाट विकासको अभियान शुरू भएको बताए ।

‘सरकारको कामलाई पचाउन नसकेर पार्टीभित्रैबाट प्रतिपक्षी जन्मियो । समस्या हुन्छन्् पार्टीभित्र छलफल र विधिबाट समस्या समाधान गर्न सकिन्थ्यो,’ उनले भने ।

५८ वर्षसम्म भारतस“ग कसैले कुरो उठाउन नसकेको नेपालको भूमि मिचिएको विषयमा प्रधानमन्त्रीले भारतस“ग आमनेसामने भएर कुरा गर्न ऐतिहासिक काम गरेको उनको भनाइ छ ।

पाच वर्षभित्र नौ अर्ब लागतमा औद्योगिक क्षेत्र निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्रका लागि वेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भएपनि हाल ४ सय बिघामा मात्र भौतिक संरचना बनाने तयारी गरिएको छ ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव अगाडि सारेको भएपनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।

सुदूरपश्चिम प्रदेशमा निर्माण गर्न लागिएको पहिलो औद्योगिक क्षेत्र हो यो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका अनुसार औद्योगि

क क्षेत्र शिलान्यास भएको १ महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गरिनेछ । छ महिनाभित्र उद्योगीलाई चाहिने सडक, विद्युत, पानीलगायत न्यूनतम पुर्वाधारहरू उपलब्ध गराइनेछ । त्यसपछि औद्योगिक क्षेत्र र उद्योगीहरूले स“गस“गै पूर्वाधारको काम अगाडि बढाउनेछन्् ।

औद्योगिक क्षेत्रभित्र उद्योग स्थापनाका लागि आशयपत्र माग गर्दा ३५० वटा आशयपत्र प्राप्त भईसकेको पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

यो औद्योगिक क्षेत्रको पूर्वमा छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिममा दैजी तथा साजगाड खोला, उत्तरमा चुरे बनक्षेत्र र दक्षिणमा चा“दनीफा“टा बस्ती रहेको छ । यो क्षेत्रका औद्योगिक प्लटहरूमध्ये साना उद्योगका लागि २३ वटा, मझौला उद्योगका लागि ४४ वटा र ठूला उद्योगका लागि ३३ वटा प्लट छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार