२२ बैशाख २०८१, शनिबार

वाई १२ एस को प्रि बुकिङ खुल्यो



धनगढी । भिबो ब्राण्ड मोबाइलले सुदूरपश्चिममा आफ्नो नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रि बुकिङ खुला गरेको छ ।

‘भिबोले कोभिड १९ को आर्थिक अवस्थालाई मध्यनजर गरेर उत्कृष्ट फिचर सहित कम बजेटको मोबाइल नेपाली बजारमा भित्र्याएको छ, साइडमा फिंगर प्रिन्टको सुविधाले वाई १२ एस मोडलको फोनलाई थप आकर्षक बनाएको छ ।

भिबोले कम बजेटमा परिमार्जित फिचर सहित ल्याएको यो मोडलको फोन नेपाली बजारमा हिरो साबित हुनेछ । सुदूरपश्चिम बजारमा उक्त मोबाइल फेब्रअरी ९ देखि १३ सम्म प्रि बुकिङ खुला रहेको छ ।

कम्पनीले वाई १२ एस मोबाइल फोनको मुल्य १७ हजार नौ सय ९९ कायम गरेको छ । तर फेब्रअरी ९ देखि १३ सम्म एक हजार रुपैया“ तिरेर प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार नौ सय ९९ मा पाउनेछन् । फेब्रअरी ९ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा एक हजार छुट पाउनेछन् भने प्रि बुकिङ गर्ने र पछी खरिद गर्ने ग्राहकले पनि कम्पनीले घोषणा गरेको बिभिन्न पुरस्कारको बिजेता बन्ने अवसर पाउनेछन ।

जसमा ३ जनालाई वाई १२ एस मोबाइल फोन उपहारमा दिनेछ भने १०० जनालाई २५०० रुपैया“को कुपन अर्थात छुट दिनेछ । त्यस्तै ५०० जनालाई निशुल्क मोबाइल स्क्रिन दिनेछ ।
वाई१२एस मोबाइलको डिस्प्ले ६.५१ इन्च रहेछ भने यसको ३२ जीबीको मेमोरी कार्ड जडान छ । मुख्य क्यामेरा १३ं२ मेगा पिक्सेलको छ भने अगाडिको क्यामेरा ८ मेगापिक्सेलको रहेको छ ।

ग्ल्येसियर ब्लु र फान्टोम ब्ल्याक रंगमा वाईटुएस १२ मोबाइल उपलब्ध छन् । ५००० मिलि एम्पियरको ब्याट्री र साइडमा जडान फिंगर प्रिन्टको सुविधा तथा समकक्षी ब्राण्डको तुलनामा कम बजेट वाई १२एस मोबाइलको मुख्य बिशेषताहरु हुन् ।

भिबो मोबाइलको नेपालको आधिकारिक बिक्रेता सेलोसिटी इन्टरनेशनल प्रा.ली रहेको छ भने सुदूरपश्चिमका लागि आधिकारिक बिक्रेता ठाकुर सप्लायर रहेको छ ।

भिबोका सुदूररमध्यपश्चिम प्रमुख अर्जुन मल्लले नयाF फिचर सहितको वाईटुएस १२ मोडलको फोन नेपाली बजारमा उत्कृष्ट साबित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार