२७ पुष २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग : सामाजिक लान्छना र अपहेलनाको डरले रोगीहरु खुल्न चाहदैनन्



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाका एक वृद्ध अपाङ्ग छन् । उनको हातका औला झरेका छन् । कुष्ठरोग लागेपछि उनी दस वर्षदेखि आफन्त तथा छरछिमेक कहाँ पनि जान सकेका छैनन् । ‘पुस्तौनी रोग (कुष्ठरोग) ले दस वर्षदेखि आफन्त कहाँ जान सकेको छैन’ नाम नबताउने शर्तमा उनले भने– यो रोगले अहिले मलाई एक्लाएको छ ।

उनले समाजमा कुष्ठरोग पापका कारण भएको तथा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने गतल बुझाइका कारण कतिपय कुष्ठरोगीहरु अझैं पनि खुलेर आउन गाह्रो मान्ने गरेको तितो अनुभव सुनाए ।

नेपाल सरकारले एक दशक अघि नै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको छ । तर सुदूरपश्चिम प्रदेशमा भने अझैं पनि कुष्ठरोगीको संख्यामा आशातित कमी आउन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा कुष्ठरोगीहरूको संख्यामा दुई वर्ष यता कमी आए पनि सून्य हुनसकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७३÷७४ एक सय ७९ कुष्ठरोगी फेला परेका थिए । आर्थिक वर्ष २०७४÷७५ मा यो संख्या बढेर दुई सय ९८ पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा पुुनः घटेर दुई सय ५४ पुगेको थियो भने गत आर्थिक वर्ष २०७६÷७७ मा एक सय ३७ जनामा कुष्ठरोगी थपिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा प्रति एक लाख जनसंख्यामा नया“ बिरामी पत्ता लाग्ने दर आठ प्रतिशत रहेकोे छ । कैलाली, कञ्चनपुर र अछाममा नया“ कुष्ठरोगी पत्ता लाग्ने दर उच्च रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७६÷७७ मा ४५ जना महिला र १० जना बालबालिकामा कुष्ठरोग देखापरेको थियो । निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा एक सय १२ जनामा १२ महिना उपचार गर्नुपर्ने नयाँ विरामी फेला परेका थिए भने पा“च जना कुष्ठरोगका कारण अपाङ्गता भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण हुने अपाङ्गताको दरमा पनि घटबढ भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा आर्थिक वर्ष २०७३÷७४ मा कुष्ठरोगका कारण २० जना शारीरिक हरूपमा अपाङ भएका थिए । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण अपाङ हुने संख्या आर्थिक वर्ष २०७४÷७५ मा २२ तथा आर्थिक वर्ष २०७५÷७६ मा १७ जना रहेका थिए ।

नेपाल सरकारले २०६६ साल माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । सरकारले प्रति दश हजार जनसंख्यामा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लामा कुष्ठरोगको बढी जोखिम रहेको मानेको छ । सुदूरपश्चिम प्रदेशमा प्रति दश हजार जनसंख्यामा शून्य दशमलब ७८ जनाको दरमा कुष्ठरोगका बिरामी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली र अछाममा कुष्ठरोगको बढि जोखिम रहेको छ । तथ्यांक अनुसार कैलाली जिल्लामा ०७६÷७७ मा एक सय २२ जना उपचाररत रहेका छन भने कञ्चनपुरमा ४५ र अछाममा २९ जना उपचाररत रहेका छन ।

कैलालीमा आर्थिक वर्ष २०७३÷७४ मा एक सय ३९ जना कुष्ठरोगी उपचारमा रहेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७४÷०७५ मा एक सय ६० र आर्थिक वर्ष २०७५÷०७६ मा एक सय ७६ जना कुष्ठरोगी उपचारमा रहेका थिए ।

त्यस्तै, अछाममा आर्थिक वर्ष २०७३÷७४ मा ३१ कुष्ठरोगी उपचारमा रहेका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा ३३ र आर्थिक वर्ष २०७५÷०७६ मा ५१ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा कुष्ठरोगीका बिरामीको संख्या घटबढ भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले दिएको तथ्यांक अनुसार कञ्चनपुरमा आर्थिक वर्ष २०७३÷७४ मा ५३ जना, २०७४÷७५ मा ७३ तथा आर्थिक वर्ष २०७५÷०७६ मा ४६ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।

समाजमा अझैं पनि कुष्ठरोगीका प्रति गरिने अपहेलना तथा छि छि दूरदूरको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखापरे पनि बिरामी उपचारका लागि आउन संकोच गरिरहेको पाइन्छ ।
उपचार गरेमा कुष्ठरोग निको हुन्छ र अंगभंग हुनबाट जोगिन्छ भन्ने जानकारीको कमीका कारण अझैं पनि स्वास्थ्यकर्मीले खोजपडताल गरेर बिरामी पत्ता लगाएर उपचार प्रक्रियामा ल्याउनु पर्ने अवस्था रहेको प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी बताउछन् ।

निर्देशक डाक्टर अवस्थीले शरीरमा जुनसुकै रंगको नदुख्ने र नचिलाउने तथा लाटो दाग देखिएमा तुहरून्त स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउन आग्रह गरे । उनले कुष्ठरोग लागेको शुरूवाती चरणमा उपचार गराएमा शरीरमा अंगभंग हुनबाट जोगिने बताए । उनले ढिलो गरी उपचार गराउ“दा रोग निको भएपछि शरिरमा भएको क्षति हटाउन नसकिने बताए । तथ्यांक अनुसार ढिलो गरि कुष्ठरोगको उपचार गराउन आएका कारण नेपालमा ३० हजार बढि नेपालीहहरू अपांग भएका छन् ।

देशका विभिन्न जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि नेपाल सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बालबालिकामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने हुने अपांगता दर सून्यमा झार्ने र कुष्ठरोगको दर प्रति एक लाखमा एक भन्दा कममा झार्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार