१३ बैशाख २०८१, बिहीबार

डोमिनार २५० बजारमा



धनगढी । दिनेश अटोमोटिभ्स धनगढीले एफआई इन्जन भएको बजाजको डोमिनार दुई सय ५० मोटरसाइकल लञ्च गरेको छ । पहिले चार सय सीसी सेग्मेन्टमा बजारमा उपलब्ध यो मोटरसाइसललाई अहिले बजाजले दुई सय ५० सीसी सेग्मेन्टमा लञ्च गरेको हो ।

२४८.८ सिसी क्षमताको यो मोटरसाइकल सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिनमा उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ८५ सय आरपिएममा २७ पिएस पावर र ६५ सय आरपिएममा २३.५ एनएम टर्क दिन्छ । यो मोटरसाइकलमा ६ स्पिड म्यानुयल गियरबक्स छ ।

बजाज डोमिनार २५० को बजार मूल्य चार लाख ८९ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बजाज डोमिनार २५० मा डोमिनार ४०० मा उपलब्ध अधिकांश विशेषता समावेश गरेको छ । यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ ।

सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्यांक, फुल डिजिटल इन्स्र्टुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङककम अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प उपलब्ध रहेको छ ।
ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट, सिटको मुनी लगेज ट्रयाप, युएडी फर्क, जस्ता मुख्य विशेष छन्् । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबिएस जस्ता समेत छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार