१६ चैत्र २०८०, शुक्रबार

शिक्षा योजना निर्माण शुरु



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा योजना निर्माणको कार्य अघि अघि बढाएको छ ।

मन्त्रालयले पहिलो १० बर्षे (२०७७÷०८७) का लागि शिक्षा योजना निर्माण गर्न योजनाको प्रारम्भिक मस्यौदाको तयारी स्वरुप बिहिबार सरोकारवालाहरूसंग छलफल गरेको छ ।
प्रारम्भिक मस्यौदामा छलफल तथा सुझाव संकलनका लागि मन्त्रालयले १० वटा उप–समिति गठन गरिएको सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा तथा शैक्षिक योजना अनुसन्धान महाँशाखाका शाखा अधिकृत जयदेव महराले बताए ।

उनका अनुसार प्रारम्भिक बालबिकास, आरभुत शिक्षा, माध्यामिक शिक्षा, प्राविधक शिक्षा, उच्च शिक्षा, अनौपचारिक शिक्षा, शिक्षक शिक्षा, विपद व्यवस्थापन, संस्थागत क्षमता विकास र पाठ्क्रम सम्बन्धि १० उप–समिती गठन गरिएका छन् ।

हरेक उप–समितिमा एक जना क्याम्पसका प्राध्यापक, एक जना विद्यालयका प्रधानाध्यापक, एक जना शिक्षा कर्मचारी, एक जना संघसंस्थाका पदाधिकारीलाई चयन गरिएको उनले बताए ।
सो उप–समितिले माघ १५ गते भित्र आ–आफ्नो क्षत्र अन्तरगत रहेर गरिएको छलफलको सुझाव सामाजिक विकास मन्त्रालयमा बुझाउनपर्ने छ । मन्त्रालयले सवै सुझावलाई संकलन गरी एकिकृत रुपमा पुनः छलफल गरिने महराले बताए । छलफलबाट आएका सुझाव सहितको फाइनल मस्यौदालाई मन्त्रिपरिषदमा लगिने छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यसचिव रमकृष्ण सुवेदीले प्रदेशको शिक्षा योजना निर्माण गर्दा यहा“को श्रोत साधन प्रयोग गरी युवालाई आत्मनिर्भरको बाटोमा लाग्ने योजना निर्माण गर्न सुझाव दिएका छन् ।

१० बर्षे प्रादेशिक शिक्षा क्षेत्र योजनाको प्रारम्भिक मस्यौदा तयारीका लागि बिहीबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको क्षेत्रगत समिति कार्यदलका सदस्यलाई अभिमुखीकरण दिन आयोजना गरिएको कार्यशालामा उनले सुदूरपश्चिम प्रदेशमा प्राकृतिक श्रोतको अथाह सम्भावना भएको बताए ।

उनले पढेर लोकसेवा लड्ने नभए राजनीतिक भाषण गर्ने परिपार्टीलाई ताड्दै स्वरोजगार बनाउने योजना निर्माण गर्न सुझाव दिए ।

गेटा मेडिकल कलेजका निर्देशक भिमबहादुर साउ“दले विद्यार्थीको स्कुल जाने र विद्यालयमा बस्ने वातावरण अवको शिक्षा योजनाले निर्माण गर्ने पर्ने बताए । ‘हामी शिक्षामा गुणस्तरको कुरा गरिरहेका छौं’ उनले भने– ‘तर पहिला विद्यालयमा बालबालिका जानु आवश्यक छ, विद्यालय गएका बालबालिकाहरूले विद्यालयमा बस्नु आवश्यक छ, अनिमात्रै गुणस्तरका बारेमा सोच्नु उपयुक्त हुनेछ ।’

उच्च शिक्षा तथा शैक्षिक योजना अनुसन्धान महाशाखाका शाखा अधिकृत जयदेव महराले सञ्चालन गरेको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उप–सचिव गोविन्द पाखरेलले स्वागत तथा कार्यक्रमको उद्देश्य प्रकाश पारेका थिए । छलफलमा ६५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार