१३ बैशाख २०८१, बिहीबार

एक स्थानीय तह–एक नर्स कार्यक्रम सञ्चालन



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले एक स्थानीय तह–एक नर्स कार्यक्रम सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन बनाएको भए पनि हाल एक स्थानीय तह–एक नर्स कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका ८८ वटा स्थानीय तहमध्ये २७ वटा स्थानीय तहमा एक स्थानीय तह–एक नर्स कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

सामाजिक विकास मन्त्रालयले तयार गरेको “विद्यालय नर्स” सम्बन्धी मार्गदर्शन, २०७७ अनुसार हरेक जिल्लामा तीन जना विद्यालय नर्स छनेट गरिने र सम्बन्धित स्थानीय तहको सिफारिसमा स्वास्थ्य कार्यालयले कार्यक्रम सञ्चालन हुने विद्यालय छनेट छन्तौट गर्नुपर्ने उल्लेख छ ।

प्रदेशको नौ वटा जिल्लामध्ये प्रत्येक जिल्लामा तीन वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ । मन्त्रालयले तयार गरेको विद्यालय नर्स सम्बन्धी मार्गदर्शनमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम लागु नभएका स्थानीय तहहरूमा सो कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सामाजिक विकास मन्त्रालयले कैलालीको चुरे गाउँपालिका तथा गौरिगंगा र भजनी नगरपालिका, कञ्चनपुरको लालझाडी र बेलडाँडी गाउँपालिका तथा बेलौरी नगरपालिका, डडेल्धुराको आलिताल, भागेश्वर र अजयमेरु गउँपालिका, डोटीको जोरायल, बोगटान र केआइसिंह गाउँपालिका तथा अछामको मेल्लेख, तुर्माखाद र रामारोशन गाउ“पालिकामा सो कार्यक्रम सञ्चालन गरेको छ ।

त्यस्तै, बाजुराको गौमुल, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिका, बैतडीको मैलौली नगरपालिका तथा डिलासैनी र सिगास गाउँपालिका, दार्चुलाको दुहु, नौगाड र मार्मा गाउँपालिका तथा बझाङको सुर्मा, तल्कोट र केदारस्यू गाउँपालिकामा कार्यक्रम सञ्चालनका लागि कार्यविधि तयार गरेको जनाइएको छ ।

नर्सिङ संघले भने प्रदेश सरकारले ‘विद्यालय नर्स’ सम्बन्धी मार्गदर्शन अनुसार नै एक विद्यालय–एक नर्स कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ । नर्सिङ संघ कैलालीका अध्यक्ष यशोदा ढकालले भनिन्– सरकारले ल्याएको यो कार्यक्रम राम्रो छ, तर एक स्थानीय तहमा पूर्ण विद्यालय हेर्नुपर्ने प्रावधान उचित हुदैन ।

अध्यक्ष ढकालले प्रदेश सरकारले नमुनाका रुपमा यो कार्यक्रम शुरु गरेको हो भने मात्रै ठिक हुने बताइन् । उनले भनिन्– होइन भने एक स्थानीय तह एक नर्स कार्यक्रम प्रभावकारी हुनेमा शंका रहन्छ । ‘एक जना नर्सले स्थानीय तहका सबै विद्यालयमा काम गर्न सक्दैन’ उनले भनिन्– त्यसैले मन्त्रालयले एक विद्यालय–एक नर्स कार्यक्रम नै अघि बढाउनुपर्छ ।

विद्यालय नर्स सम्बन्धी मार्गदर्शन, २०७७ अनुसार छनौट गरिएका विद्यालय नर्सको सेवा शर्त अन्तर्गत कार्यविवरण बमोजिम कार्य गर्नुपर्ने, मासिक कार्ययोजना बनाइ स्वास्थ्य प्रमुखबाट स्वीकृत गर्नुपर्ने लगायतका सेवा शर्त रहेका छन् ।

मन्त्रालयले बनाएको मार्गनिर्देशनमा विद्यालय नर्सले प्रवद्र्धनात्मक सेवा अन्तर्गत पोषण, व्यक्तिगत तथा वातावरणीय सरसफाई, छाउपडी कुप्रथा न्यूनिकरण, लैङ्गिक हिंसा, बालबालिका तथा चेलिवेटी बेचविखन, महिला तथा बालबालिका अधिकार निरुत्साहन, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन् स्वास्थ्य, विद्यमान समयमा मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना उल्लेख्य वृद्धि भएको जानकारी गराउने लगायतका कार्यक्रम रहेका छन् ।

त्यस्तै, प्रतिकारात्मक सेवा, स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार रहेका छन् । विद्यालय नर्सहरूले रक्तअल्पता, जन्डिस, ज्वरो, ग्रन्थी सुन्निएको, पोषण अवस्था, आ“खा, श्रवण क्षमता र वाह्य कान जाँच, दाँत र गिजाको सामान्य परीक्षण, रक्तचाप तथा आवश्यक भएमा अन्य जा“च गर्नुपर्ने उल्लेख रहेको छ ।

सो मार्गदर्शनमा नर्सलाई तौल मेसिन, उचाइ मापन, गर्ने स्केल, बालबालिका पोषण अवस्था जाँच गर्ने विएमआई चार्ट, ईचार्ज, स्नेल चार्ट, थर्मोमिटर, टंग डिप्रेसर, अटोस्कोप, टर्च लाइट, अटोस्कोप, स्काईग्मोम्यानोमिटर लगायतका उपकरण सहयोग गरिने उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार