२३ बैशाख २०८१, आईतवार

नदीजन्य पदार्थको अभाव, विकास आयोजनाहरू प्रभावित



धनगढी । कैलालीमा नदीजन्य पदार्थ (बालुवा, ढुंगा, गिट्टी) अभाव जारी रहेपछि निर्माणाधीन ठुला तथा साना विकास आयोजनाहरू प्रभावित बनेका छन् ।

संघीय सरकारले नदीजन्य पदार्थ उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ परिमार्जन गरि ल्याउन ढिलाई गरेको र स्थानीय तहहरूले पनि बोलपत्र आह्वान तथा सम्झौता गर्न ढिलाई गरेपछि जिल्लामा नदीजन्य पदार्थ अभाव हुन थालेको छ ।

गत बिहीबार धनगढी उपमहानगरपालिकाले धुमधामसंग शिलन्यास गरेको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकका काम पनि नदीजन्य पदार्थको अभावका कारण अझै राम्ररी अघि बढ्न सकेका छैनन् ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माणको ठेक्कासम्झौता गरेको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले आइतबार अनुमोदनसंग भने– हामीले खुटिया नदीको नदीजन्य पदार्थको ल्याव (प्रयोगशाला) परीक्षण गरेका छौं । अहिले सो नदीको टेण्डर आह्वान भए पनि सम्झौता भइसकेको छैन ।

उनले अहिले खुटिया नदीमा मौज्दातमा रहेका ढुङ्गा, बालुवा, गिट्टी ल्याएर भए पनि थोरै रुपमा काम अघि बढाएको बताए । उनले भने– हामीले दैनिक ३० देखि ४० टिप्पर नदीजन्य पदार्थ आवश्यक पर्छ, तर अहिले दिनमा एक÷दुई टिप्पर ल्याइरहेका छौं ।’

उनले झण्डै सात सय बढी मजदुर प्रयोग गरेर काम अघि बढाउनुपर्नेमा अहिले २० जना मजदुरबाट काम गराइरहेको बताए ।

सुदूरपश्चिम प्रदेशको गौरवको योजनाका रुपमा रहेको गेटा मेडिकल कलेजको अहिले ७५ प्रतिशतभन्दा बढी काम पुरा भइसकेको छ । सो कलेजमा पनि निर्माण कम्पनीले मौज्दातमा राखेको नदीजन्य पदार्थहरू सकिएको तीन महिना भइसकेको छ । मेडिकल कलेजका इन्जिनियर पवन रावलले भने– नदीजन्य पदार्थ नहुँदा अहिले निर्माण कम्पनीहरूले सुस्त गतिमा काम गरिरहेका छन् ।

उनले नदीजन्य पदार्थ प्रयोग नहुने कामहरूमात्र अहिले अघि बढेको बताए । उनले भने– स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खनन खुल्ला गरेको छैन । संघीय सरकारले पनि अहिले सो प्रक्रियामा अप्ठ्यारो पुर्याएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ कैलालीका पूर्व अध्यक्ष किशोर ठकुराठीले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको प्रशासनिक तथा कार्यालय भवन पुसभित्र पुरा गर्नुपर्ने समयावधि रहेको छ । उनका अनुसार अहिले बालुवा अभावमा प्लाष्टर गर्न रोकिएको छ । उनले भने– हामीलाई योजना पुरा गर्न छोटो समयावधि छ, तर निर्माण सामग्री नपाउँदा काम प्रभावित भइरहेको छ ।
उनकै सि“चाई कार्यालय अन्र्तगतको तेडी हाडवक्र्स प्रोडक्सन कार्यालयको भवन पनि वालुवा अभावमै रोकिएको छ ।

उनले भने– साना योजनाको अवधि कम हुन्छ । त्यसैमा विभिन्न कारणले काम प्रभावित भइरहेको छ । उनले सुरुमा लकडाउन, असारदेखि असोजसम्म नदीजन्य पदार्थ उत्खननमा रोक र कार्तिक यता नदीमा उत्खनन नहु“दा नदीजन्य सामाग्री अभावको समस्या भोगिरहेको बताए । उनले भने– अहिले योजना सञ्चालन भएका ठाउ“मा मजदुर त्यसै बसेका छन् र उनीहरूको पनि खर्च व्यहोर्नु परेको छ ।

निर्माण व्यवासायी महासंघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले अहिले नदीजन्य पदार्थ अभाव हु“दा ठुला तथा साना व्यवसायीहरू मारमा परेको बताए ।

उनले भने– जेठ असारमा व्यवसायीहरूले कामदार अभावको समस्या भोगे । असारदेखि असोजसम्म नदीजन्य पदार्थ उत्खननमै रोक लाग्यो । अहिलेसम्म स्थानीय तह र संघिय सरकारको समन्वय नहु“दा नदीजन्य पदार्थ पाउन सकिएको छैन ।

उनले अहिलेसम्म नदीजन्य पदार्थको सहज उपलब्धता गराउन नसक्नु सरकारको ठुलो कमजोरी रहेको बताए ।

महंगियो नदीजन्य पदार्थ

गत वर्षदेखि नै मौज्दातमा रहेका नदीजन्य पदार्थहरू अहिले निर्माण व्यवसायीहरूले मह“गोमा किन्नुपर्ने बाध्यता रहेको छ । नदीजन्य पदार्थ बोक्दै आएका एक ट्याक्टर चालकले भने– गत वर्ष बालुवा प्रति ट्याक्टर दुई हजार पाँच सय र ढुङ्गा तीन हजार पाँच सय रुपैयाँ थियो । अहिले नदीजन्य पदार्थ उत्खनन नहुँदा मूल्य आकासिएको छ ।

उनका अनुसार अहिले प्रति ट्याक्टर बालुवा तीन हजार पा“च सय र ढुङ्गा चार हजार पा“च सय पुगेको छ ।

गेटा मेडिकल कलेजका इन्जिनियर कमल रावलले भने– अहिले नदीजन्य पदार्थको मूल्य आकासिएका कारण निर्माण कम्पनीहरूले कममात्रामा सामान ल्याउने गरेका छन् । यसले काममा सुस्तता छाएको छ ।

उनका अनुसार ढुवानी खर्च पनि बढेपछि निर्माण व्यवसायीहरू मारमा परेको बताए ।

कालिका कन्स्ट्रक्सनका प्रतिनिधी खरेलले अहिले निर्माण सामग्रीहरूमा ३० देखि ३५ प्रतिशत रुपैयाँ मूल्यवृद्धि भएको बताए । उनले भने– निर्माण सामाग्रीमा मूल्यवृद्धि समस्या होइन तर, हामीले परीक्षण गरेको क्षेत्रबाट सहज रुपमा सामाग्री पाउने वातावरण बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार