११ बैशाख २०८१, मंगलवार

व्यवसायिक तरकारी खेतीमा महिला



धनगढी । कैलालीको वर्दगोरिया नगरपालिका वडा नम्बर २ की पुष्पादेवी टमटाको बारीमा प्रशस्त टमाटर, मुला, भण्टा, आलु, खुर्सानी, धनिया लगायतका तरकारी रोपिएका छन् ।

दुई वर्षअघिसम्म भारतमा रोजगारी गर्ने पुष्पादेवी अहिले गाउँमै कृषि पेसामा रमाएकी छिन् ।
दुई वर्षदेखि मौसमी तरकारी खेती गर्दै आएकी पुष्पा देवीले अब बेमौसमी तरकारी खेतीको सोच बनाएकी छिन्् । उनले भनिन्– मौसमी तरकारीको आम्दानीले घर खर्चमात्रै धान्छ । मैले माग अनुसारको उत्पादन गर्न सकेको छैन । त्यसैले वेमौसमी तरकारी खेती गर्ने सोच बनाएकी छु ।

उनले अढाई कठ्ठा जग्गामा तरकारी खेती गरिरहेकी छिन्् । उनी र उनका श्रीमान दुवै जना केही वर्षसम्म भारतमा रोजगारी गर्दै आएकोमा अहिले उनका श्रीमान पनि घरमै किराना पसल र होटल चलाइरहेका छन् । उनले भनिन्– श्रीमान पसल हेर्छन् । म बारी हेर्छु ।

पुष्पा देवीले तरकारी खेतीसंगै कुखुरापालन पनि गरिरहेका छिन् । उनले भनिन्– चितवनबाट चार वटा लोकल कुखुराको चल्ला ल्याएर अहिले पालन गर्न थालेकी छु ।

व्यवसायिक तरकारी खेती कसरी गर्ने, बेमौसमी तरकारी उत्पादन गर्न के–के कुरामा ध्यान दिने लगायतका सीप प्रदान गर्न बुधबार उनको गाउँमा पुगेका कृषि प्राविधिकहरूसंग उनी जानकारी लिँदै थिइन । उनले नियमित भोग्दै आएका समस्याको समाधानबारे जानकारी लिन खोजि तरकारीमा ढुसी लाग्ने, धेरै वीऊ खेर जाने लगायतका समस्या भोगेकी छु । यसमा के गर्नुपर्ला ?’
उनले व्यवसायिक तरकारी खेती गर्दा चाहिने आवश्यक ज्ञान नहु“दा सोचेजति उत्पादन गर्न नसकेको बताइन् । बुधबार रिपोर्टिङमा पुगेका पत्रकारहरुसंग उनले भनिन्– एउटा वीऊको पाकेट रोप्दा आधा भन्दा बढी खेर जान्छ ।

सोही वडाकी मनादेवी डंगौराथारु पनि तीन वर्षदेखि तरकारी खेती गर्दै आएकी छिन् । उनले पा“च कठ्ठा जग्गामा बेमौसमी तरकारी खेती गर्दै आएकी छिन् । उनी पनि यसअघि भारतमै रोजगारी गर्दथिन् । उनले भनिन्– भारतमा अरुको काम गर्नुभन्दा आफ्नै बा“झो बारीको सदुपयोग गरि श्रम गरे घर खर्च र सन्तुष्टि मिल्दो रहेछ ।

पुष्पा र मनादेवी जस्तै त्यहाँका अन्य महिलाहरू पनि व्यवसायीक तरकारी खेती गर्ने तयारीमा छन् । हरियाली दलित महिला समुहकी अध्यक्षसमेत रहेकी पुष्पाले भनिन्– हाम्रो समुहमा १३ जना सदस्य रहेका छन् । त्यसमा नौ जनाले मौसमी तरकारी खेती गर्दै आएका छन् । अहिले प्राविधिक तालिम पाएपछि वेमौसमी तरकारी खेती गर्ने तयारीमा छौं ।’

दलित महिला सञ्जालले महिलाहरूलाई आत्मनिर्भर बनाउन खेतबारीमै महिलाहरूलाई वेमौसमी तरकारी खेतीबारे तालिम दिएको थियो ।

दलित महिला संघका कैलाली संयोजक विनोद घिमिरेले भने– अहिले वेमौसमी तरकारी खेतीबारे तालिम दि“दा समुहमा रहेका महिलाहरू सक्रिय देखिएका छन् । यसको प्रभाव कस्तो रहन्छ त्यो भने अबको केही महिना पछि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार