१३ बैशाख २०८१, बिहीबार

धनगढीमा भाटभटेनी



धनगढी । धनगढीमा भाटभटेनी सुपरमार्केटको २३ औं शाखाको सिलन्यास गरिएको छ ।
सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा निर्माण हुने भाटभटेनी सुपरमार्केट शाखाको शिलान्यास गरिएको छ ।

काठमाडौ उपत्यकामा ११ र उपत्यका बाहिर नौ वटा शाखा रहेको भाटभटेनी सुपरमार्केटले सुदूरपश्चिम प्रदेशको ब्यापारिक केन्द्र धनगढीमा शाखा खोल्न लागेको भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले बताए ।

सुपरमार्केट भवन निर्माणका लागि १५ कठ्ठा जमिनमा एक अर्ब रुपैयाको लागतमा थप दुई वटा मल्टीप्लेक्स सिनेमा हल, केएफसी, क्याफेसहितका सात तलाको भवन निर्माण हुने संचालक गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार