१६ चैत्र २०८०, शुक्रबार

एचआइभी संक्रमित बढे



धनगढी । कैलालीमा गत आर्थिक वर्षमा एचआइभीका नया“ संक्रमित बढेका छन् । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा गत आर्थिक वर्ष २०७६÷७७ मा ४५ जना संक्रमित थपिएको बताइएको छ ।
स्वास्थ्य कार्यालय कैलालीको जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा पा“च हजार एक सय ४५ जनाको रगत परीक्षण गर्दा एक सय सात जना नया“ संक्रमित थपिएका थिए भने आर्थिक वर्ष २०७६÷७७ मा छ हजार एक सय १३ रगत परीक्षण गर्दा एक सय ५२ जना नया“ संक्रमित फेला परेका थिए ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले परीक्षणको दायरा र परीक्षणको सहज पहु“च हु“दा नया“ संक्रमित बढी देखिएको बताए ।
त्यस्तै, आर्थिक वर्ष २०७३÷०७४ मा कैलालीमा छ हजार तीन सय ३० जनाको रगत परीक्षण गरिएकोमा एक सय १७ जनामा एचआइभी पोजेटिभ देखिएको थियो । भने आर्थिक वर्ष २०७४÷०७५ मा छ हजार चार सय ८१ जनाको रगत परीक्षण गरिएकोमा एक सय १५ जना संक्रमित फेला परेका थिए ।
आर्थिक वर्ष ०७६÷७७ मा पहिचान भएका नया संक्रमितहरूमध्ये महिला र पुरुषको संख्या बराबर रहेको छ । कार्यालयले दिएको जानकारी अनुसार ५५÷५५ महिला र पुरुष, ३८ तेस्रो लिंगि, तीन बालक र एक बालिकामा एचआइभी संक्रमण रहेको पाइएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा ६४ जना पुरुष, ३७ जना महिला, एक बालिका तथा चार बालकमा एचआइभी संक्रमण देखिएको थियो ।
कैलालीमा पहिचान भएका नया“ एचआइभी संक्रमणमध्ये धेरै जसो बाहिराबाट बसाइ सराई गरेर आएका व्यक्तिहरू रहेको जनाइएको छ ।
कैलाली स्वास्थ्य कार्यालय निमित्त प्रमुख धामीले भने– एचआईभी रोकथामको लागि बसाई सराई मुख्य समस्या रहेको छ ।
उनका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा पहिचान भएको कुल संक्रमितमध्ये ३३ जना छिमेकी मुलुक भारतबाट बसाई सराई गरेर आएका रहेका थिए भने आर्थिक वर्ष २०७५÷७६ मा ५२ जना भारतबाट आएका रहेका थिए ।
सेती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर शेरबहादुर कमरले भने– सुदूरपश्चिम प्रदेशमा वेरोजगारी अधिक छ । सरकारले स्वदेशमै रोजगारीको व्यवस्था नगरेसम्म एचआइभी संक्रमितको घटाउने लक्ष्य सफल हुन सक्दैन ।
डाक्टर कमरले एचआइभी रोगको औषधि अहिलेसम्म बन्न नसकेको र संक्रमितलाई अन्य औषधि खुवाएर जीवन लम्ब्याउने काम भइरहेको बताए । उनले सेती अस्पतालमा उपचाररत संक्रमितको उपचारमा कुनै पनि समस्या नरहेको दाबी गरे । उनले भने– अस्पतालमा कामको चाप छ । त्यसैमा जनशक्ति अभाव हु“दा विरामीहरूले सेवा नपाउने गरेको गुनासो गर्छन ।

मृत्युदर बढ्यो

कैलालीमा आर्थिक वर्ष २०७६÷७७ मा एचआइभीका कारण हुने मृत्युदर बढेको तथ्यांले देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा कैलालीमा एचआइभी संक्रमणबाट २७ जनाको मृत्यु भएकोमा गत आर्थिक वर्ष २०७६÷७७ मा ३५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा एचआईभीका कारण ३९ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, चालू आर्थिक वर्षको पहिलो चार महिनामा एचआईभीका कारण चार जनाको मृत्यु भएको जनाइएको छ । चालू आर्थिक वर्षमा मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । सेती अञ्चल अस्पतालका डाक्टर कमरका अनुसार एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन नगर्नु तथा एचआइभी संक्रमितलाई अन्य रोगले संक्रमण गर्नु लगायतका कारण मृत्युदरमा बृद्धि भइरहेको छ ।
‘नियमित रूपमा औषधि सेवन गर्ने हो भने एचआइभी संक्रमितलाई निको पार्न सकिन्छ’ डाक्टर कमरले भने– तर, धेरैजसो केसमा संक्रमितले नियमित रूपमा औषधि सेवन गरेको पाइदैन । स्वास्थ्य कार्यालय कैलालीका अनुसार एक सय ८६ जनाले हालसम्म औषधी खान नमानी हराएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा १९ जनामा एचआईभीसंगै क्षयरोगबाट पीडित छन् भने भने आर्थिक वर्ष २०७५÷७६ मा ३० जना रहेका थिए ।
कैलाली जिल्लामा हालसम्म एआरटी सेवा लिनेको दर्ता संख्या दुई हजार आठ सय ८५ रहेको कैलाली स्वास्थ्य कार्यालयले जनाइएको छ । तीमध्ये वयस्क पुरुषको संख्या एक हजार तीन सय ६५ रहेको छ भने एक हजार तीन सय १९ जना महिला रहेका छन्् । कार्यालयले दिएको तथ्यांक अनुसार १६ जना तेस्रो लिंगि, एक सय चार जना बालक र ८१ जना बालिकाले एआरटी सेवा लिइरहेका छन्् ।
त्यस्तै, हालसम्म एआरटी सेवा अन्तर्गत औषधि सेवन गरिरहेकाहरूको संख्या एक हजार चार सय ४६ रहेको छ । तीमध्ये पाँच सय ९८ जना पुरुष र ७ सय ६३ जना महिला रहेका छन्् ।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लाइन औषधि खाने एचआइभी विरामीको संख्या ८९ रहेकोे छ ।

चार महिनामा थप ३४ जना संक्रमित

स्वास्थ्य कार्यालय कैलालीका अनुसार चालु आर्थिक वर्षको चार महिनामा थप ३४ जना नया“ एचआइभी संक्रमित फेला परेका छन् ।
चार महिनामा नौ सय ४२ जनाको रगत परीक्षण गर्दा थप ३४ जनामा नया“ एचआइभी संक्रमित पहिचान भएका हुन । स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष (२०७६÷०७७) मा यो अवधिमा एक हजार एक सय ७६ जनाको रगत परीक्षण गरिएकोमा ३२ जना नया“ एचआईभी संक्रमित फेला परेका थिए ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा छ सय ३४ पुरुष, दुई सय ७६ महिला, २० तेस्रोलिंगी र १२ बालबालिकाको रगत परीक्षण गर्दा २६ पुरुष र आठ महिला नया“ एचआइभी संक्रमित फेला परेका थिए । यी मध्ये १३ जना छिमेकी मुलुक भारतबाट बसाइसराई गरी आएका रहेका छन् ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा एआरटी सेवा लिन ११ जना महिला र १७ जना पुरुष गरी २८ जनाको दर्ता गरिएको छ ।

आज ३३ औं विश्व एड्स दिवस

आज (मंगलबार) ३३ औं विश्व एड्स दिवस । १ डिसेम्बरमा मनाइन लागेको विश्व एचआई एड्स दिवसलाई कैलालीमा भव्यताका साथ मनाइने भएको छ ।
‘एड्स नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ मनाइन लागेको दिवसको अवसरमा धनगढीमा अटो रिक्सा र्याली गरिन लागेको जनाइएको छ ।
दिवसको पूर्वसन्ध्यामा एचआईभीबाट पीडित, यौनकर्मी लगायतसंग अन्र्तक्रिया, जिल्लाका विभिन्न स्थानमा रगत परीक्षण लगायतका क्रियाकलाप गरिसकिएको र कम्वल वितरण, सामाग्री वितरण लगायतका गतिविधी पनि गरिने जनाइएको छ ।
यस्तै, बिश्व एड्स दिवस २०२० को पूर्व सन्ध्यामा धनगढी उप–महानगरपालिकामा तयारी बैठक सोमबार भएको छ ।
उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टको संयोजकत्वमा बैठक बसेको थियो । बैठकको समन्वय धनगढी उप–महानगरपालिले र सहयोग होपब्रिजले गरेको थियो । उप–प्रमुख सुशीला मिश्रले होपब्रिजले बिश्व एड्स दिवस २०२० को पूर्व सन्ध्यामा कार्यक्रमका लागि समन्वय गरेको भन्दै धन्यवाद दिईन ।
बिश्व एड्स दिवस २०२० को अवसरमा एचआईभी संक्रमतिलाई कम्वल र स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको होपब्रिजका प्रदेश संयोजक महेन्द्र बमले बताए ।
एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार