१५ चैत्र २०८०, बिहीबार

आयुर्वेदिक सेवा लिनेहरूको संख्यामा बृद्धि



धनगढी । कैलाली धनगढीमा रहेको सेती आयुर्वेद्धिक औषधालयमा सेवा लिने सेवाग्राहीहरूको संख्या बढ्दै गएको छ । कोेरोना भाइरस (कोभिड–१९) का संक्रमित बढेसंगै आयुर्वेद्धिक औषधालयप्रति आम नागरिकको विश्वासमा बृद्धि भइरहेको छ ।

सेती आयुर्वेद्धिक औषधालयका प्रमुख खगेन्द्र बमले जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले सेवाग्राहीको आकर्षण बढेको बताए । ‘कोरोना महामारी फैलिनुअघिसम्म दैनिक सरदर ४० जनाले सेवा लिन्थे । अहिले दैनिक सरदर ६० जनाले सेवा लिइरहेका छन् ।

उनका अनुसार कोरोना संक्रमितहरूले पनि आय्र्वेदिक सेवा लिइरहेका । सेती आयुर्वेद्धिक औषधालयमा चालू आर्थिक वर्ष २०७७÷०७८ को कार्तिक महिनासम्म आठ हजार नौ सय विरामीले सेवा लिइसकेका छन् । तीमध्ये एक हजार दुई सय ५७ जना कोरोना संक्रमित रहेका छन् ।

औषधालयले आयुर्वेद्धिकप्रति आकर्षण बढाउन क्वारेन्टाइनमा योग र आइसोलेसनमा निःशुल्क औषधी पनि वितरण गरेको जनाएको छ । आयुर्वेदिक औषधालय प्रमुख बमका अनुसार औषधालयले आइसोलेसनमा रहेका आठ सय पाँच जनालाई औषधी वितरण गरेको थियो ।

षधालयले कोरोना संक्रमितहरूलाई अश्वगन्धा, गुड्ची चुर्ण, जेठी मधु चुर्ण र चवनप्रास वितरण गरेको जनाइएको छ ।

उनले भने– हामीले लकडाउनका समयमा पनि सेवा दिइरहेका थियौं । लकडाउनका कारण सेवा लिन आउनेको संख्या घटेको थियो ।’

औषधालयले अहिले थप दुई स्थानीय तहमा पनि निःशूल्क औषधि वितरण शुरु गरेको छ । औषधालय प्रमुख बमका अनुसार कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा सेवा विस्तार गरिएको छ । उनले भने– आरोग्य केन्द्रमा वैध तहको जनशक्ति रहने छ । आएका सेवाग्राहीको चेकजाँच तथा औषधिउपचार गरिन्छ भने योग पनि गराइने छ ।

उनले संघीय सरकारकै बजेटमा आरोग्य सेवा केन्द्र थप गरिएको बताए ।

आयुर्वेदिक औषधालयमा आर्थिक वर्ष २०७६÷७७ मा सो औषधालयबाट २७ हजार पाँच सय सात जनाले सेवा लिएका थिए । उनले आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेको बताए ।

उनले भने– औषधालयमा दम, बाथ, प्रोस्टेट, उच्च रक्तचाप, मधुमेह, दीर्घ दुखाइ लगायतका विरामीहरू सेवा लिन आउने गरेका छन् ।’

आयुर्वेद्धिक औषधालयले ओपिडी, पूर्वकर्म÷पञ्चकर्म, योग, ज्येष्ठ नागरिकलाई अदुवगन्धा आदि रसायन औषधि वितरण, प्रयोगशाला, जीवनशैली परामर्श, कोभिड–१९ व्यवस्थापन तथा रोकथामका लागि निःशूलक रोग प्रतिरोधात्मक औषधि वितरण लगायतका सेवा प्रदान गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक महाशाखा प्रमुख डाक्टर चेतराज जोशीले आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट पूर्वकर्म÷पञ्चकर्म, योगसेवा, ओपीडी सेवा तथा जीवनशैली परामर्श सेवा सञ्चालन हुने गरेको बताए ।

आयुर्वेदिक महाशाखा प्रमुख डाक्टर जोशीले भने– नसर्ने रोगबाट हुने मृत्यु दर रोकथामका लागि आयुर्वेद र योगको प्रयोग विस्तार गर्नु जरुरी भइसकेको छ ।

आयुर्वेद उपचार पद्धतिलाई दीर्घरोग, जीवनशैलीगत रोग र नसर्ने रोगको व्यवस्थापनमा निकै प्रभावकारी मानिदै आएको छ । आयुर्वेद उपचार पद्धतिमा जडिबुटीहरूबाट तयार गरिएका औषधिको प्रयोग हुने भएकोले औषधिको दुष्प्रभाव (साइड इफेक्ट) नहुने, स्थानीय स्तरमा उपलब्ध जडिबुटीबाट उपचार गर्न सकिने हुनाले कम खर्चिलो र बढी प्रभावकारी हुने मानिन्छ ।

डाक्टर जोशीका अनुसार आयुर्वेदिक उपचार पद्धतिमा जडिबुटी र यसबाट तयार भएका औषधि मात्रै प्रयोग हुने हु“दा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्ने, वातावरण मैत्री हुने र आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषता मानिने रसायन औषधि प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउ“छ । आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषताका रूपमा रहेका पूर्वकर्म÷पञ्चकर्म (वमन, विरेचन, बस्ति, नस्य, रक्तमोक्षण) आकर्षक शरीर शुद्धिकरण विधि समेत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार