१० श्रावण २०८१, बिहीबार

राम्रो मूल्य पाएपछि उखु खेतीमा रमाउदै किसानहरु



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथवस्तीका कैलाश सुनारले यसै वर्षदेखि उखुखेती शुरु गरेका छन् । उनले उखुको राम्रो बजार रहेको र राम्रो मूल्य पाउने भएकाले आफूले खेती शुरु गरिरहेको बताए ।

दशरथ वस्तीमा २०६९ सालदेखि भागेश्वर सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालि सञ्चालनमा रहेको छ ।

किसान कैलाशले भने– पहिला खल्लातिरका मानिसले मात्र उखु लगाउने गर्दथे । अहिले यतातिर पनि उखु खेती गरिरहेका छन् ।

पुनर्वास नगरपालिका वडा नम्बर १० का घुम्मन रानाले पनि साढे चार कठ्ठामा उखु खेती गर्दै आएका छन् । अहिले सरकारले उखुको न्युनतम मूल्य निर्धारण नगरेका कारण काट्ने वेला भइसक्दा पनि बारीमै रहेको उनले बताए । उनले भने– चिनी मिलले अहिले उखु संकलन शुरु गरेको छैन । आगामी १८ गतेदेखि शुरु गर्ने भन्ने सुनेको छु ।

किसानहरूले सरकारले समयमै उखुको न्युनतम मूल्य निर्धारण नगरेका कारण समस्या भएको गुनासो गरे । किसानहरु भन्छन्– अहिले गहुँ रोप्ने वेला हो । उखु नकाटेसम्म कसरी गहु“ रोप्ने ?
किसान खुशीराम रानाले भने– धेरै जग्गामा उखु खेती गरेकालाई जतिखेर काटे पनि केही फरक पर्दैन, तर यहाँ थोरै जग्गामा उखु लगाउने किसानहरू धेरै छन् । उनले चार÷पा“च कठ्ठामा उखु लगाएका किसानले गहुँ खेतीमा पनि भर पर्नुपर्ने अवस्था रहेको बताए । उनी एक विघा चार कठ्ठामा उखु खेती गर्दै आएका छन् ।

नेपालको पूर्वी जिल्लाहरूमा उखु खेती किसानहरूले उखुको उचित मुल्य पाउन नसकेको गुनासो बढिरहेको वेला सुदूरपश्चिम प्रदेशका किसानले भने मुल्यमा सन्तुष्ट रहेका छन् । किसान झेली रानाले भने– हामी मूल्यमा सन्तुष्ट छौ, तर समयमै उखु खरिद नहुने समस्या भने अझैं भोगिरहेका छौं ।

झेली राना १८ कठ्ठामा उखु खेती गर्दै आएका छन् । उनले भने– हाम्रो बस्ती नजिकको भएकाले चिनी मिलले ढिलो गरी खरिद गर्छ । उनले उद्योगले बेलौरी लगायतका टाढाका किसानको उखु खरिद गर्ने गरेको बताए ।

लकडाउनले स्थानीय चिनीले बजार पायो

‘हामीले उत्पादन गरेको चिनी विक्री गर्न धौ–धौ हुन्थ्यो । यस वर्ष सरकारले जारी गरेको लकडाउन र सीमा बन्दका कारण बाहिरबाट चिनी आयात भएन’ भागेश्वर सुगर एण्ड केमिकल्स इण्डष्ट्रिजका सञ्चालक शंकर बोगटीले भने– यस वर्ष असारमा नै गत वर्षको चिनीको स्टक कैलाली र कञ्चनपुरमा नै बिक्री भयो । उनले यस वर्ष ९० प्रतिशत चिनी विक्री भइसकेको बताए ।

उद्योगी बोगटीले आर्थिक वर्ष २०७६÷७७ मा एक लाख ६५ हजार क्विन्टल चिनी उत्पादन भएको बताए । गत आर्थिक वर्षमा उनको उद्योगले १७ लाख ६८ हजार क्विन्टल उखु पेलेको थियो ।
आर्थिक वर्ष २०७५÷७६ मा उद्योगले १७ लाख दुई हजार क्विन्टल उखु पेलेकोमा एक लाख ५३ हजार क्विन्टल चिनी उत्पादन भएको थियो । उद्योगी बोगटीले भने– आर्थिक वर्ष २०७५÷०७६ मा उद्योगमा केही चिनी खपत हुन्थ्यो, तर यो वर्ष भएन ।

भागेश्वर सुगर मिलले दैनिक दुई हजार पाँच सय क्विन्टल उखु पेल्ने गरेको छ । सो उद्योगमा दुई हजार पा“च सय ७६ किसान आवद्ध रहेका छन् ।

त्यस्तै, महाकाली चिनी उद्योगले पनि उत्पादन गरेको चिनी सहजै बजार पाउने गरेको छ । कम्पनीका जनरल म्यानेजर रन्धिर कुमारले भने– हामीलाई चिनी बिक्री गर्न गाह्रो हुँदैन । किसानलाई छिट्टै भुक्तानी गर्नुपर्ने भएकाले हामीले चिनी स्टकमा नराखेरै बजारमा पुराउने गरेका छौं । जनरल म्यानेजर रन्धिरले आर्थिक वर्ष २०७६÷७७ मा एक लाख ८५ हजार क्विन्टल चिनी उत्पादन भएको बताए ।

उखु उत्पादन कम

सरकारले जारी गरेको लकडाउनका कारण यस वर्ष उखु उत्पादनमा भने कमी आउने उद्योगहरू बताउछन् ।

भागेश्वर सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालिले चालू आर्थिक वर्षमा उखु खरिद लक्ष्य घट्ने जनाएको छ । उद्योगका सञ्चालक बोगटीले भने– हामीले यस वर्ष २० लाख क्विन्टल उखु खरिद गर्ने भनेका छौं, तर अहिले उत्पादन एकदमै कम भएकाले उखु पाउन समस्या हुने छ ।

उनका अनुसार यस वर्ष उखु खेती गर्ने समयमा सरकारले लकडाउन जारी गरेका कारण अधिकांस किसानहरूले उखु खेती गरेका छैनन् ।

भागेश्वर सुगर मिलले आर्थिक वर्ष २०७६÷०७७ मा तीन हजार पा“च सय ४३ क्विन्टल वीऊ वितरण गरेको थियो । उद्योगी बोगटीले सो वीऊ साढे सात हजार विघा जमिनका लागि वितरण गरिएको बताए । उनले भने– प्रति विघामा न्यूनतमा छ सय क्विन्टल उखु उत्पादन हुन्छ ।

महाकाली सुगर मिलका जनरल म्यानेजर रन्धिरले भने– हामीले आर्थिक वर्ष २०७६÷७७ मा साढे २० लाख क्विन्टल उखु खरिद गरेका थियौं । तर, यस वर्ष उत्पादन कम हुने देखिएको छ । उनका अनुसार महाकाली उद्योगमा बढिमा १८ लाख क्विन्टल उखु खरिद हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार