२३ बैशाख २०८१, आईतवार

शिक्षण पेसासंगै व्यवसायिक केरा खेती



हसुलिया (कैलाली) । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६, बनकट्टाका सोभापति चौधरी शिक्षिका हुन् । उनी स्थानीय जानकी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएकी छिन् । तर, उनी शिक्षण पेसामा मात्रै संलग्न छैनिन्, कैलारीको एक जना सफल किसान पनि हुन् ।

उनी शिक्षण पेसासंगै व्यवसायिक केराखेतीमा व्यस्त छिन् । उनी भन्छिन्– परम्परागत रुपमा गर्ने केराखेतीले खासैे आम्दानी हुन सकेको थिएन, त्यसै भएर व्यवसायिक रुपमा केराखेती अघि बढाएकी छु ।

उनले शुरुमा परीक्षणका लागि एक कठ्ठा जमिन केराखेती गरेकी थिइन् । त्यसबाट राम्रै उत्पादन भएपछि शोभापतिले जानकी माविको तीन विघा जमिन दश वर्षको लागि ठेक्का लिएर केराखेती गर्न थालेको बताइन् । ‘पहिलो वर्ष एक विघा जमिन गरेको केराखेतीमा खर्च कटाएर चार लाख रुपैयाँ आम्दानी भयो’ उनले भनिन्– दोस्रो वर्ष दुई विघामा केराखेती गरे, सात लाख रुपैयाँ आम्दानी भयो ।

उनले प्रत्येक वर्ष केरा खेती क्रमश बराउँदै यस वर्ष तीन विघामा खेरा लगाएकी छन् । उनले त्यसबाट १५ लाखदेखि १६ लाख रुपियाँसम्म अम्दानी हुने अनुमान गरेको बताइन् ।

केरा खेतीबाट मनग्य आम्दानी गरिरहेकी उनले कुनै ठाउँबाट केराखेती गर्ने तालीम लिएकी छैनन् । उनले रेडियो र पत्रपत्रिकाको मध्यामले सुनेर र पढेर केरा खेतीमा लागेको बताइन् । उनलाई केरा बेच्न भने कुनै समस्या छैन । ‘केराका लागि ग्राहकहरु बारीमै आउँछन्,’ शोभापतिले भनिन्, ‘ग्राहकहरुलाई केरा पु्याउन सकेका छैन । कचो केराको प्रति दर्जन ३० देखि ३५ रुपैयाँसम्म विक्री हुन्छ ।’

पराम्परागत खेतीबाट अधुनिक र व्यवसायिक तरिकाले केरा खेती गर्न थालेपछि अहिले आठ कठ्ठा दश धुर जमिन किनिसकेको र एउटा मोटरसाइकल केरा खेतीको आम्दनीबाट किनेको उनले बताइन् । उनले यसवर्ष सबिता कृषि फार्म दर्ता गरेको बताइन् । अगामी दिनमा केरा खेतीसंगै लोकल कुखुरा फार्म सञ्चालन गर्ने लक्ष्यरहेको उनले बताइन् ।

कैलाली जिल्लाका किसानहरु व्यावसायिक केरा खेती तर्फ आकर्षित भएका छन् । धनगढी–१५, उर्माका रामसमझ रानाले पनि कैलारी गाउँपालिका–६, बनकाट्टमा जानकी माविको तीन विघा जमिनलाई ठेक्का लिएर केरा खेती सुरु गरेका छन् । सोना कृषि फार्मको दर्ता गरेर २०७६÷०७७ मा सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तीन लाख २२ हजारको आर्थिक सहयोगमा उनले केरा खेती शुरु गरेको जनाए ।

कैलारी गाउँपालिका वडा नम्बर ३, निमुवाबोझीमा बस्ने ओजेश थारु पनि केरा खेतीतिर आकर्षित भएका छन् । गतवर्षमा एक बिघा पाँच कठ्ठामा एक लाख ३० हजार लगानीमा गरेको केराबारीबाट दशैदेखि केरा बिक्री गर्न सुरु गरेका छन् । एक महिनामा ६० हजार रुपैयाँको केरा विक्री गरेको ओजेशले बताए ।

उनले पहिलो वर्ष तीन लाख ५० हजार रुपैयाँको काचो केरा विक्री हुने अनुमान गरेको बताए । उनले थप दश काठ्ठ जमीनमा केरा रोपेका छन् । तालीम विना किताब पढेर र युटुवमा हेरेको आधारमा मात्र ओजेशले केरा खेती गरेको बताए ।

्रकैलारी गाउँपालिका–२, उजेलीसेमरमा चार वर्षसम्म मेडिकाल चलाएका ओजेशले बटाए । ‘मेडिकल राम्रो चालिरहेका थियो,’ उनले भने, ‘तर अरु काम भन्दा कृषि पेशालाई मन परेकाले केरा खेतीमा लागे ।’ उनले स्याम्लका लागि दुई कठ्ठामा बादम र दुई काठ्ठ ड्राईगन फ्रुट लगाउने सोच बनाएका छन् ।

कैलारी गाउँपालिका–५, छोटीपलियाको बलिराम चौधरीका बुहारी मिना चौधरीले दश कठ्ठामा केरा खेती गरेर आफ्नो घर चलाएकी छन् । आफै गाउँ घरमै गएर केरा बेचेर आफ्नो बालबच्चहरुको पढाई खर्च, घरको खर्च चलाउने गरेको मिनाले बताइन् । उनले स्प्रेरे ट्यांकी, ह्याण्ड पम्प, पानी इन्जिन र बोरिङ्ग जस्ता सम्पत्ति जोर्न सफल भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार