२३ बैशाख २०८१, आईतवार

धनगढीमा सार्वजनिक शौचालय छैनन्



धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण भएका छैनन् ।

धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा बढि सार्वजनिक शौचालयको आवश्यकता रहेको बताइन्छ ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने– अहिले उपमहानगरपालिकाको मुख्य सडकमा व्यवसायीहरूबाट १० भन्दा बढी सार्वजनिक शौचालयको माग आइरहेको छ ।

हाल धनगढी उपमहानगरपालिकाभित्र छ वटा सार्वजनिक शौचालय निर्माण भएका छन् । धनगढी उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार धनगढी बसपार्कमा दुई, भन्सार कार्यालय नजिक, उपमहानगरपालिकाको कार्यालय अगाडी, जिल्ला प्रशासन कार्यालय संगम टोलमा एक÷एक वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् ।

उपमहानगरपालिकाको मुख्य सडक तथा बजारमा मात्रै नभएर भित्रि सडक वा सहायक सडकमा समेत सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्थानीय बताउछन् । डिभिजनल भट्टले भने– उनका अनुसार मुख्य सडकमा मात्र नभइ धनगढीका सहायक सडकमा पनि सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उनले भने– अहिले मुख्य सडक वा बजारमा मात्रै नभएर चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस सडकमा पनि सार्वजनिक शौचालयको माग रहेको छ ।
धनगढीमा मानिसको चहलपहल हुने तथा सवारी साधनको चाप हुने सडक र बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।

उपमहानगरपालिकाले यस वर्ष मुख्य सडकका थप दुई स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाएको डिभिजनल इन्जिनियर भट्टले जानकारी दिए । उनले भने– माग अनुसारको सार्वजनिक शौचालय निर्माण गर्न बजेट अभाव छैन ।

उनले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभाव भएको बताए । उनले भने– मुख्य र सहायक सडकमा सार्वजनिक जग्गा नहुँदा समस्या भएको छ ।

बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ, तर त्यसको ब्यवस्थापन सहि ढंगले हुन सकेको छैन । धनगढीमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहु“दा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ ।

कैलाली जिल्लालाई मुलुकको ५१ औं जिल्लाका रूपमा २०७५ जेठमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । कैलालीमा एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, कैलाली अझै पूर्ण रुपमा खुला दिसामुक्त जिल्ला बनिसकेको छैन ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लामा धारा, ह्याण्ड पम्प (नल्का), वर्षा लगायत गरी ९७ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच रहे पनि अझै तीन प्रतिशतले नदी तथा खोलाकै पानी प्रयोग गरिरहेको देखाएको छ ।

कैलालीमा खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा रहे पनि कुल घरधुरीको ६० प्रतिशतमात्र शुद्ध खानेपानीको पहु“चमा रहेको तथ्यांकले देखाएको छ ।

युवाहरूले भने– व्यवस्थित सार्वजनिक शौचालय देऊ

२०७७ मंसिर ४ गते बिहीबार । दिउँसो १२ बजे । कैलालीको धनगढीस्थित पार्कमोडको मुख्य सडकको छेउमै केही युवायुवती हातमा ब्यानर बोकेर उभिए । ब्यानरमा लेखिएको थियो– पहिले सार्वजनिक ट्वाइलेट देऊ, समुद्धि पछि लिउला ।

नवयुवा सञ्जालले आठौं विश्व शौचालय दिवसको अवसरमा पार्कमोडमा सार्वजनिक शौचालयको माग गर्दै एक घण्टा जनचेतना तथा दवाबमुलक कार्यक्रम आयोजना गरेको थियो ।

सञ्जालका प्रदेश संयोजक कृतज्ञ वीरविक्रम शाहीले भने– धनगढीको मुख्य सडक भनेको बढी चहलपहल हुने क्षेत्र हो । त्यसैले यहा“ प्रत्येक ५०÷५० मिटरको दुरीमा एउटा सार्वजनिक शौचालयको व्यवस्था गरिनुपर्छ भन्ने हाम्रो माग हो ।

उनले सार्वजनिक शौचालयका लागि दिवसमा मात्र नभएर अरु समयमा पनि दवाब दिइरहेको बताए । उनले भने– नगरका पर्याप्त स्थानमा सार्वजनिक शौचालय नभएका कारण मानिसहरु पुलमुनि, भित्तापर्खाल, रुखमुनि अथवा कुनाकाप्चामा शौच गर्नुपर्ने बाध्यता छ ।

सञ्जालकी सदस्य बिना शाहीले सार्वजनिक शौचालय निर्माण गरेर मात्र नहुने र त्यसलाई व्यवस्थित गर्नुपर्ने बताइन । उनले भनिन्– धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय छैनन् । भएका शौचालयमा पनि कतै चुकुल नहुने, त कतै पानीको व्यवस्था छैन ।

भव्य कार्यक्रम भएनन्

हरेक वर्ष विश्व सार्वजनिक शौचालय दिवस जनचेतनामुलक कार्यक्रम गरि मनाइदै आएको छ । यस वर्ष कोरोना महामारीका कारण युवाहरूले सार्वजनिक शौचालय माग गर्दै दबाबमुलक कार्यक्रम गरेपनि अन्य निकायबाट जनचेतनामुलक कार्यक्रमहरू भएनन ।

शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पु¥याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहु“च पुग्ने लक्ष्य तय गरिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरिएको छ ।

नेपाललाई सन् २०१७ सम्म खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइए पनि ढिला गरी गत वर्ष खुला दिशा मुक्त घोषणा गरिएको हो । तर अझै पनि नेपालमा धेरै मानिस शौचालयको पहु“च बाहिर छन् । फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालय सबैको पहु“चमा पु¥याउन सके मात्र खुला दिसा मुक्त अभियानले सार्थकता पाउनेछ ।

विश्वमा सन् २००१ देखि चलेको शौंचालय निर्माणको अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर १९ को दिनलाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार