२३ बैशाख २०८१, आईतवार

अखाद्य वस्तु बिक्री गर्ने दुई व्यापारी कारबाहीमा



धनगढी । धनगढीमा अखाद्य वस्तु बिक्री गरेको भन्दै दुई जना व्यापारी कारवाहीमा परेका छन् । बजार अनुगमन टोलीले धनगढीका दिवासु टेड्रर्स र उत्तम स्टोरलाई अखाद्य वस्तु बिक्री गरेको भेटाएपछि कारबाही गरेको हो ।

दिवासु टेड्रर्सलाई १५ हजार र उत्तम स्टोर लाई ५० हजार रुपैया जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चटकपुरमा सञ्चालनमा रहेका ती पसलहरूले उपभोग्य म्याद समाप्त भएको अखाद्य वस्तु राखेको, मूल्यसूचि नराखेको र दर्ता नगरि व्यापार व्यवसाय सञ्चालन गरेको भेटिएको उनले बताए ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बिहीबार जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य तया उपभोक्ता संरक्षण निर्देशनालयको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

संयुक्त टोलीले सात वटा किराना पसलमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार