२३ बैशाख २०८१, आईतवार

बहुउद्देश्यीय झोलुंगे पुल निर्माण हुदै



दार्चुला । दार्चुलाको दुहु गाउँपालिकामा बञ्जिजम्प सहितको बहुउद्देश्यीय झोलुङे पुल निर्माण भइरहेको छ । दुहु गाउँपालिकाको कालागाड खोलामा निर्माण भईरहेको बहुउद्देस्यीय झोलुङे पुलको लम्बाई तीन सय ९० मिटर रहेको छ, भने दुई सय ९० मिटर उचाई रहेको गाउ“पालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सो पुलले गाउँपालिकाको वडा नम्बर ५ र वडा नम्बर २ लाई जोड्ने जनाइएको छ । गाउ“पालिकाको आर्थिक सहयोग र ट्राइल ब्रीज युनिट काठमाडौ“, हेल्भेटास नेपाल तथा समाज कल्याण समाजको प्राविधिक सहयोगमा पुल निर्माण भइरहेको जनाइएको छ ।
गाउ“पालिकाको दुई करोड १७ लाख रुपैया र हेल्भेटासको प्राविधिक सहयोगमा सो पुल बनिरहेको छ । हेल्भेटासको प्रतिनिधिका रुपमा समाज कल्याण समाजले पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको छ ।
पर्यटकीय गन्तब्यको रुपमा रहेको उक्त झोलुंगे पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको गाउ“पालिका अध्यक्ष कार्कीले बताए । झोलुंगे पूल निर्माणको काम पुष महिनासम्म सक्ने गरी काम भइरहेको र पूलको फाण्डेसनको काम सकाएर लठ्ठा तान्ने काम भइरहेको अध्यक्ष कार्कीले बताए ।
झोलुंगे पुल निर्माणपछि बञ्जीजम्पको लागि उपयुक्त सम्भावना सहित सुदूरपश्चिम प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयमा योजनाको विस्तृत प्रतिवेदन (डिपीआर) तयार गरेर पेश गरिएको अध्यक्ष कार्कीले बताए ।
पुल निर्माण सम्पन्न पछि सो क्षेत्रका करीव ४ हजार जनसंख्या लाभान्वित हुने गाउ“पालिकाले जनाएको छ । पुल निर्माण हुने स्थानमा निकै कडा खालको चट्टान रहेको र गहिरो गल्छी भएका कारण बञ्जीजम्पको लागी उपयुक्त मानिने पुल सर्वे गरेका हेल्भेटास नेपालका प्रमुख इन्जिनियर ज्ञानेन्द्रराज भण्डारीको भनाई छ ।
जिल्ला सदरमुकाम खलंगाबाट गाडीमा एक घण्टाको दुरीमा रहेको उक्त क्षेत्रमा पुल निर्माण भई बञ्जीजम्प सञ्चालनमा आए समग्र दार्चुलाको पर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह हुने सम्भावना देखिएको छ । पर्यटकीय गन्तब्यको रुपमा लिइएको बन्जीजम्प सहितको झोलुंगे पुलसम्म यातायातको सुविधा र अन्य व्यवस्थापन गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार