१४ बैशाख २०८१, शुक्रबार

प्रहरीकाे हत्यामा संलग्न भएकाे अभियाेगमा ७ जना सार्वजनिक



धनगढी । प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका  ७ जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरी अस्थायी प्रहरी पोष्ट धनगढी वडा नं. १२, जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेकाे अाराेप स्वीकार गरेका उनीहरूलार्इ सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालार्इ सार्वजनिक गरेकाे जनाए । उनीहरूले हत्याकाे अाराेप स्वीकार गरेकाे प्रहरी नायव उपरीक्षक विष्टले जनाए ।

उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि लाठी र कोदालोले आक्रमण गरी हत्या गरेको स्वीकारेको प्रहरीले दावी गरेकाे छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको प्रहरी नायव उपरीक्षक विष्टले जनाए ।

शनिबार राती नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउँदकाे हत्या भएकाे थियाे । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा फोन नलागेपछि बिहानसम्म प्रतिक्षा गरेकाे र नआएपछि खोजी गरिएको प्रहरीले जनाएकाे छ ।

प्रहरी सहायक निरीक्षक बिककाे शब र उनीहरूले गस्तीमा जाँदा प्रयाेग गरेकाे माेटरसाइकल अाइतबार बिहानै माेहना नदीकाे किनारमा फेला परेकाे थियाे भने प्रहरी जवान साउँदकाे शब प्रहरीले माेहना नदीकाे मझधारमा गाडिएकाे फेला पारेर मंगलबार नै झिकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार