७ बैशाख २०८१, शुक्रबार

धनगढीमा गस्तीमा खटेका प्रहरीको हत्या



हत्यामा संलग्नताको आशंकामा ११ जनालाई नियन्त्रणमा


धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्या भएको छ ।

सीमा क्षेत्रमा रहेको अस्थायी प्रहरी चौकीका इञ्चार्जसमेत रहेका विकको आइतबार विहान मोहना नदीमा शव फेला परेको हो । सङ्गै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद बेपत्ता रहेको जनाइएको छ ।

उनी प्रहरी जवान साउन सहित शनिबारराति करिब ८ बजेतिर मोटरसाइकल चढेर गस्तिमा गएका थिए । उनीहरु राति साढे १० बजेबाट सम्पर्कविहीन भएका थिए ।

सुदूरपश्चिम प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीका अनुसार विहानै खोजीकार्य गर्दा मोहना नदीमा बिकको शव फेला परेको परेको थियोे । उनको अन्यत्र कतै हत्या गरेर हत्या गरेर नदीमा फालिएको अनुमान प्रहरीको छ ।

मृतक प्रहरीको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट देखिएको छ । प्रहरी चौकीबाट एक किलोमिटर टाढा मोटरसाइकल र त्यसको करिब तीन किलोमिटरको दूरीमा नदीमा बिकको शव फेला परेको थियो । नजिकैको उखुबारीमा रगतको छिटा देखिएकाले हत्या त्यहीँ भएको हुन सक्ने प्रहरीले अनुमान छ ।

सो क्षेत्रमा भारतबाट विभिन्न सामान तस्करी हुने गरेका छ । उनको हत्यामा संलग्नताको आशंकामा ११ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार