७ बैशाख २०८१, शुक्रबार

धान भित्राउने चटारो



धनगढी । कैलालीमा किसानलाई धान भित्र्याउने चटारो छ । असोजको पहिलो सातादेखिनै धान पाक्न थालेपछि धमाधम काट्न थालेका छन् ।

चा“डो तयार हुने राधा–४, सर्जु–५२ लगायतका प्रजातीका धान पाकिसकेकोले भित्र्याउन भ्याईनभ्याई भएको किसानहरू बताउ“छन् ।
‘वर्षाका कारण केही धान ढलेकाले धान काटने मेसिनले काट्न पनि नमिल्ने भएकाले हसियाले काट्नु परेको छ,’ जानकी गाउ“पालिकाका किसान रमेश चौधरीले भने– अहिले यहा“का किसानलाई धान काटन चटारो भएको छ ।
धानबालीपछि तोरीबालीका लागि जग्गा तयार गर्नुपर्ने भएकाले पनि किसानहरू धान भित्र्याउन दिनभरि व्यस्त भएका छन् । रमेशले भने– ढिलो भए जग्गाको चिस्यान गइहाल्छ । राम्रोस“ग तोरी उम्रिन पाउ“दैन ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ का कृष्ण चौधरी पावर टिलरको प्रयोग गरी धान काटिरहेका थिए । विगतमा हातलै धान काट्ने, चुट्ने र बल्लको प्रयोगबाट खेत जोत्दै आएका उनी पछिल्लो समय उपकरणको प्रयोग गर्दै आएका छन् ।
१८ कठ्ठामा लगाएको धान उनले झण्डै २० मिनेटमै काटे । उनले भने– कृषि यन्त्रले अहिले खेती सहज भएको छ ।’ उनले खेत जोत्न र धान तथा गहु“ काट्न पावर टिलर तथा धान कुट्न थ्रेसरको प्रयोग गर्दै आएको बताए ।
खेतबारीमै थ्रेसरलगायतका आधुनिक यन्त्र पुगेपछि आफूहरूलाई निकै सहज भएको किसानहरूको अनुभव छ । पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छनर््े, रोप्ने, दाईं हाल्ने, बाली निफन्नेजस्ता थुप्रै काममा आधुनिक कृषियन्त्रको प्रयोग भइरहेको किसानहरू बताउ“छन्् ।्
भजनीका किसान बुधराम चौधरीको डेढ विघाहा जमिन छ । उनले यस वर्ष पनि हातलेनै धान काटे । उनले भने– चार जना लागेर डेढ विघा जमिनको धान काट्दै दिनभरीनै लाग्यो ।’ उनले कृषि यन्त्र भएको भए १५ देखि २० मिनेटमै काटी सकिने बताए ।
परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित बढ्दै गएको छ । खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानको ध्यान गएको हो । बर्खे धान खेती गर्न वा हिउ“दे बाली लगाउन त्यस्ता यन्त्रले धेरै सहयोग पुग्ने गरेको किसानहरूले बताउ“छन् । पावर टिलरले खनजोतको काम गर्न सजिलो भएको कैलारी गाउ“पालिकास्थित रामपुरका किसान खुशीराम चौधरीको भनाई छ । कृषि यन्त्रले रोपाइँमा समेत धेरै सहयोग पुगेको बताइएको छ ।
धान काट्न कैलालीका किसानले पावर टिलरको प्रयोग बढाउ“दै लगे पनि अधिकांश किसानले अझै हातैले धान काट्ने गरेका छन् । किसानहरू आधुनिक कृषि औजारमा आकर्षित हु“दै गए पनि कतिपयको आर्थिक अवस्थाका कारण औजार किन्न नसकेकाले परम्परागत औजारकै सहारामा रहेका जानकी गाउ“पालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र यहा“को रानी जमरा कुलरिया सि“चाइ आयोजनाको कृषि तर्फको कार्यालयले अनुदानमा कृषि औजार सहयोग गर्दै आएको छ ।’
कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ तीनै तहका सरकारले कृषि कार्यमा आधुनिक उपकरणको प्रयोगलाई बढावा दिदैं आएका छन्् । आधुनिक यन्त्र उपकरणको प्रयोगले पनि उत्पादनमा वृद्धि हुने बताइएको छ ।
यस्तै कृषिमा यान्त्रिकीकरणका लागि स्थानीय र प्रदेश सरकारले किसानलाई अनुदानमा त्यस्ता उपकरण पनि उपलब्ध गराउ“दै आएका छन्् । कृषिमा यान्त्रिक उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार