२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिमका पहाडी जिल्लामा सातामा दुई उडान गर्छौ : मन्त्री भट्टराई



सुदूरपश्चिममा एकै दिन तीन विमानस्थलमा परीक्षण उडान


धनगढी । सुदूरपश्चिमका तीनवटा विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई आफै परीक्षण उडानमा सहभागी भएका छन् ।

विभिन्न विमानस्थलमा बोल्दै उनले सुदूरपश्चिमका सबै पहाडी विमानस्थलमा सातामा दुई दिन हवाई सेवा सञ्चालन गर्ने दावी गरे ।

विगत २५ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थल कालोपत्रपछि भएको् परीक्षण उडानका क्रममा उनले २९ वर्षअघि बैतडी आउँदा पाटन विमानस्थलमा गिद्धले ठोकिएको विमान रोकिएको देखेको स्मरण गरे ।

आफू दुईदिन गाडीको यात्रा गरेर विद्यार्थी संगठन विस्तार गर्न बैतडी पुगेको मन्त्री स्मरण गरेका मन्त्री भट्टराई आज मन्त्रीकारुपमा पाटन विमानस्थलको धावनमार्गमा परीक्षण उडान गर्न आउन पाउदा खुसी लागेको बताए ।

सो अवसरमा बैतडीबाट निर्वाचित संघीय सांसद भण्डारीले पाटन विमानस्थलको टर्मिनल हाउस, पर्खाल निर्माणका लागि मन्त्री भट्टराई समक्ष माग राखे ।

२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो ।

२० मिटर चौडाई र ५८० मिटर लम्बाई रहेको विमानस्थल तीनवर्षअघि देखि पुनःनिर्माणको काम सुरु भएको थियो । विमानस्थल कालोपत्र ११ करोड खर्च भएको छ ।

त्यसैगरेर परीक्षण उडानका क्रममा शनिबार बझाङ पुगेका मन्त्री भट्टराईले बझाङबासीलाई बिश्वास दिलाउदै नियमित उडानका लागि छिट्टै तालीका सार्वजनिक गर्ने प्रतिवद्धता गरे ।

छ वर्ष अगाडि आफू बझाङ आएका बेला बाटोमा हिउँ परेर हतारमा फिर्ता हुनु परेको सम्झदै उनले बझाङका लागि धनगडी बझाङ र नेपालगञ्ज बझाङ उडान भर्नुपर्नेमा जोड दिए ।

गाडीबाट आउन जान लामो बाटो भएको बताउँदै भट्टराईले सुत्केरी महिला साथै विरामीहरुलाई समस्या परेको आफूले पनि जानकारी पाएको हुदाँ यहाँका लागि जहाजको नियमित उडान अति आवश्यक भएकोमा समेत बताए । २०३२ सालदेखि नियमित उडान भएको चैनपुर विमानस्थलमा २०६६ सालबाट सडक जोडिएसंगै नियमित उडान स्थगित गरिएको थियो ।

विगत दुई वर्षदेखि कालोपत्रे काम भइरहेको सो विमानस्थलको सबै काम सकिएको छ । कालोपत्रेका लागि झण्डै पाँच करोड ५० रुपियाँ खर्च भएको थियो ।

शनिबार नै डोटी विमानस्थल पुगेका मन्त्री भट्टराईले दिपायल विमानस्थलको क्षेत्र विस्तार हुने समेत बताए । २०२८ सालमा निर्माण सुरु भएको सो विमानस्थल २०३० सालबाट सञ्चालन आएको थियो ।
०७६ असार भित्र काम सक्नेगरी ०७४ सालमा निर्माण सुरु गरिएको भए पनि निर्धारित समयभन्दा ढिलो गरेर पुरा भएको हो ।

मन्त्री भट्टराई सहितको टोली समिट एअरबाट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट डोटी, बझाङ र बैतडीका विमानस्थल पुगेका थियो ।

सो टोलीमा बझाङ, बैतडी र डोटीबाट निर्वाचित प्रतिनीधि सभा सदस्यहरु क्रमश ः भैरवबहादुर सिंह, दामोदर भण्डारी, प्रेम आलेमगर र सुदूरपश्चिम प्रदेशका उघोग,पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट पनि सहभागी थिइन ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा १० वटा विमानस्थल रहेका भए पनि अहिले धनगढी र बाजुराको कोल्टी विमानस्थल मात्रै सञ्चालनमा रहेका छन् ।

अछामको साँफेबगर विमानस्थलमा अघिल्लो वर्ष केही दिन हवाई सेवा सञ्चालनमा आए पनि अहिले बन्द रहेको छ ।

धनगढी र बाजुरासँगै अव अछाम, डोटी, बझाङ र बैतडीका विमानस्थल पनि कालोपत्रे भएका छन् । अझै टीकापुर, महेन्द्रनगर, दार्चुलाको गोकुलेश्वर विमानस्थल कालोपत्रे हुनु पर्ने र डडेल्धुरामा विमानस्थल बन्नु पर्ने माग भइरहेको छ ।

#minister #yogesh Bhattrai

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार