१३ बैशाख २०८१, बिहीबार

भारतीय व्यापारीद्वारा अनशन



बैतडी । सीमा नाका सुचारु गर्नुपर्ने माग गर्दै भारतीय व्यवसायीले झुलाघाट नजिक अनशन शुरु गरेका छन् ।
सीमा नाका बन्द हु“दा व्यापार व्यवसाय बन्द भएको भन्दै भारतीय व्यापारीहरुले तत्काल सीमा नाका खोल्न माग गर्दै अनसनमा बसेका छन् ।
भारतले चैत ८ गतेदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णयसंगै झुलाघाट नाका पनि बन्द गरेको छ । झुलाघाटका व्यापारीहरुले असोज ९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई धार्चुला प्रशासन मार्फत ज्ञापनपत्र पठाएका थिए ।
नेपाली ग्राहकको भरमा चलेको झुलाघाट बजार नाका बन्द भएपछि सुनसान छ । कोरोना कहरका कारण गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प रहेको भन्दै आर्थिक प्याकेजको घोषणाा गर्नुपर्ने, बैंक ब्याज मिनाहा गर्नुपर्ने, पानी र बिजुलीको बिल मिनाहा गर्नुपर्ने अनशनरत उनीहरूको माग छ ।
भारतले देशभर लकडाउन खुला गरेको भए पनि सीमापुल नखुल्दा आफनो रोजीरोटी खोसिएको व्यापारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार