२२ बैशाख २०८१, शनिबार

पुल नबन्दा सास्ती



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७, धुर्जन्नाका स्थानीय नरेश चौधरी दैनिक धनगढी पुग्न खुटिया खोला वारपार गर्छन् । काम विशेषले मोटरसाइलमा धनगढी बजार आउ“दा उनी कहिले खोलामै मोटरसाइकल हाल्छन् भने कहिले बैेलगाडाबाट पार गराउ“छन् ।

उनले भने– नदीको बहाव कम भएको बेला खोला मै मोटरसाइकल हाल्छु । पानीको वहाव बढेको दिन बैलगाडामा पैसा तिरेर पार गर्नुपर्ने बाध्यता छ ।
धुर्जन्ना र देवहरियालाई जोड्न सडक डिभिजन कार्यालयले खुटिया नदीमा पुल निर्माण कार्यको थालनी गरेको तीन वर्ष बढी भइसक्दा समेत काम पुरा हुन नसक्दा हरेक वर्षामा धुर्जन्नाबासीहरू प्रभावित हुने गरेका छन् ।
गौरिगंगा नगरपालिकामा कार्यरत धनगढीका स्थानीय नरेन्द्र सिंह दैनिक खुटिया खोला पार गरेर कार्यस्थल पुग्छन् । उनी भन्छन्– पूर्वपश्चिम राजमार्ग भएर जा“दा लामो हुन्छ । यो बाटो छोटो भएकाले यहीबाटै जाने गरेको छु ।
उनले पुल निर्माण भएको भए सहज हुने बताए । भने– पुल छिट्टै बन्छ भन्छन्, तर कहिले बन्ने हो टुङ्गो छैन । उनले पुल नहु“दा बैलगाडामा दैनिक दुई सय रुपैया“ शूल्क तिरेर वारपार गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।
२०७३ सालमा धुर्जन्ना पुग्दा त्यहा“का स्थानीयहरूले वर्षायाममा स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था थियो । धुर्जन्नाबासीका पीडाबारे त्यतिवेला पनि ‘अनुमोदन दैनिक’ मा समाचार प्रकाशन भएको थियो । त्यसको केही महिनापछि धुर्जन्नावस्तीलाई जोड्न पुल निर्माण कार्य प्रारम्भ भएको थियो । त्यस्तै, धुर्जन्नामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको थियो ।
स्थानीय नरेश चौधरीले भने– यो पुल नबन्दा वर्षायाममा आवश्यक सामग्री ल्याउन धनगढी बजारसम्म पुग्न निकै कठिनाई हुने गर्दछ ।
धनगढीका चित्रबहादुर छेडालले पनि बेहडाबाबा जाने क्रममा दुई वटा नदी पार गर्नुपर्ने बाध्यता रहेको बताए । उनले धनगढी उपमहागनरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि जादा खुटिया र शिवगंगा नदी पनि बैलगाडामा वारपार गर्नुपर्ने अवस्था रहेको बताए । उनी भन्छन्– धनगढीबाट कनरी हु“दै जा“दा २० किलोमिटर बढी यात्रा गर्नुपर्छ । यहा“बाट सिधैं जा“दा त्यसको आधाभन्दा पनि कम हुन्छ । उनले खुटिया खोला र शिवगंगामा पुल बनेको भए बेहडाबाबा दर्शनका लागि जाने दर्शनार्थीका लागि सहज हुने बताए ।
खुटिया नदीमा बैलगाडामा मोटरसाइकल तथा यात्रुहरुलाई वारपार गराउ“दै आएका भागीराम रानाले भने– दैनिक दुई सय जति मोटरसाइकल वारपार गराउ“छु । उनले पुल नभएकोले सो बाटोमा यात्रा गर्ने यात्रुको सहजताका लागि बैलगा“डाबाट वारपार गराउने गरेको बताए । उनले भने– बैलगाडा राम्रो आयस्रोत बनेको छ ।
खुटिया नदी पार गरेर बेहडाबाबा तिरको यात्रा गर्दा बाटोमा शिवगंगा नदी पनि पार गर्नुपर्ने हुन्छ । सो नदीमा स्थानीय भागिराम र मानबहादुर चौधरीले यात्रुहरु तथा मोटरसाइकल पार गराउन बैलगाडा सेवा सञ्चालन गरेका छन् । मानबहादुरले भने– वर्षायामको चार महिना यहि नदीमा बैलगाडाले मानिस, मोटरसाइल वारपार गराउने गर्छु ।
उनले दैनिक मोटरसाइकल वारपार गराउ“दा एक हजार दुई सयदेखि चार हजार रुपैयासम्म आम्दानी हुने गरेको बताए । उनले शिवगंगा पार गर्दा रामपुर, घसिटा, बेहडाबाबा मन्दिर पुगिने गरेको बताए ।
सडक डिभिजन कार्यालयले देवहरिया–बेहडाबाबासम्मको सहज पहु“च पुर्याउन २०७४ सालमा दुई वटा पुलको टेण्डर आह्वान गरेको थियो । दुई मध्ये एक पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ भने अर्कोको निर्माण कार्य अझै शुरु नै भएको छैन ।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ साल असार २७ गते पुल बनाउन निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । तीन वर्षमा काम पुरा गर्नेगरी सम्झौता भएकोमा सो पुल काम अहिलेसम्म पुरा हुन सकेको छैन । सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणको ठेक्का पप्पु एडभेन्चर जोइन्ट भेन्चरले पाएको थियो ।
एक सय ५० मिटर लामो खुटिया पुलको काम २०७७ असारभित्र पुरा गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । निर्माण कम्पनीले भ्याटबाहेक १४ करोड २१ लाख २४ हजार दुई सय ६२ रुपैया“ लागतमा सम्झौता गरेको थियो । पुल निर्माण अन्तिम चरणमा रहेको सडक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्माण कम्पनीले यहि वर्षभित्र निर्माण कार्य पुरा गरि हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै, देवरिया–बेहडाबाबा पुलको निर्माण कार्य अहिलेसम्म शुरु हुन सकेको छैन । १२ करोड ६२ लाख ७२ हजार छ सय ७१ रुपैया“ लागतमा निर्माण कम्पनीले सो पुल निर्माण गर्ने सम्झौता गरेको थियो । एक सय २४ मिटर लामो सो पुल निर्माण गर्ने अवधि सकिदा पनि पिल्लर समेत हाल्ने काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार