२३ बैशाख २०८१, आईतवार

रेन्च खेलाउदा खेलाउदै वर्कसप



कैलारी । चार वर्ष अघि उनी अरुको पसलमा मासिक तलबमा काम गर्थे । काम गर्दा गर्दै सिकेका सीपलाई उपयोग गर्दै अहिले उनी सञ्चालक बनेका छन् । उनी हुन कैलारी गाउँपालिका वडा नम्बर ३ निमुवाबोझीका अशोक चौधरी ।

काम छोडेर खाली बसेपछि चौधरीसंग पैसा अभाव भयो । गोजिमा दुई हजार पा“च सय मात्र थियो । त्यही रकमबाट उनले खोकामा किरानाका थोरै सामानसंगै रेन्च राखे ।
उनले दुई हजार रुपैया लगानी गरेर शुरु गरेको व्यापारबाट अहिले वार्षिक ३५ देखि ४० लाख रुपैयाको व्यापार गरिरहेका छन्् ।
बिग्रेका ईन्जिन, टेलिपावर र टेक्टरहरू बनाउदा बनाउ“दै अहिले उनको आफ्नै मिहिनेतले आफ्नै वर्कसप खोलेका छन्् । अहिले उनले वर्कसपमा पाईने सम्पुर्ण समानहरू बेचिराखेका छन्् । उनि पँ“च हर्षावरका ईन्जिन पनि बेचिरहेका छन््् । उनले अहिले खुद्रा मेसिन पनि राखेका बताए ।
अशोकले १५ वर्षको उमेरमा ७ कक्षाको पढाई छोडेर मेकानिकको काम सिक्न २०६० सालमा भारतको पलिया गए । त्यहा“ उनले तीन वर्ष मेकानिकको काम सिके । पलियामा उनले बिना ज्याला काम गरेको बताए ।
भारतबाट फर्केपछि उनले कैलारीमा रहेको एउटा वर्कसपमा काम गरे । उनले सो वर्कसपमा पनि बिना ज्यलाको काम गर्नुपरेको बताए । उनले तिहारमा दुई हजार रुपैया पाउथे । उनी पुनः भारतमै मेकानिक काम गर्न भारत गएको बताए ।
त्यहाबाट फर्केर नेपालको कैलारी गाउपालिकामा रहेका हसुलिया बजारमा एउटा हार्डवेयरमा मेकानिकको रुपमा काम गर्न थाले । ११ वर्ष यसरी नै काम गरेपछि उनी बल्ल मेकानिक बने र आफ्नैे वर्कसप खोले ।
उनलाई उनकी श्रीमति रामदुलारीको निकै साथ रहेको छ ।
उनले नेपाल मजदुर संगठनबाट मेकानिकको अनुमतिपत्र पाएका छन् । अनुमतिपत्र लिई सकेपछि अशोकले कैलारी गाउपालिकाको आर्थिक सहयोगमा स्मार्ट सोसाईटी नेपाल अन्तरगत मेकानिक सम्बन्धि तीन महिनाको अवधिका दुई वर्ष प्रर्शिक्षकको रुपमा पनि काम गरे
अशोकका बुवा बानदेव चौधरीले गाउगाउमा ईन्जीन बनाएर परिवारलाई पालिरहेका थिए । ईन्जिन बनाएवापत वर्षेनी एक घरबाट एक क्विन्टल धान लिने गर्थे । वर्षिक इन्जीन बनाएको रकम ५०÷ ६० क्विन्टल धान आउने गर्थे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार