२२ बैशाख २०८१, शनिबार

भर्चुअल कार्यक्रम मार्फत दुई उत्पादन सार्वजनिक



धनगढी । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैंका अवसरमा दुई वटा नयाँ उत्पादन (मी टिभी ४ एक्स (५५ इन्च) र (मी एलईडी टिभी ४ ए प्रो ४३ इन्च) सार्वजनिक गरेको छ । यससंगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ । कम्पनीले शनिबार दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ ।


शाओमीले शनिबार प्रेषित जानकारी अनुसार मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करणमा ४ के १०—बिट एचडीआर डिस्प्ले सुविधा रहेको छ । शाओमीको इनहाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ ।
मी टिभी ४ एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँछ ।
त्यस्तै, मी एलईडी टिभी ४ ए प्रो (४३) ४३ इन्चको १०८० पी पूर्ण एचडी रिजोलुसनको साथ आउने जनाइएको छ । यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा र डुअल २० वाट्टको स्टेरियो सेटअप रहेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने– हामी दुईवटा टिभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियोमा एक नयाँ श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं । हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भुत अनुभव प्रदान गर्ने आशा राख्दछौं । मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ र सबैको दर्शनका लागि हाम्रो नविनतामा अडिक रहन्छ । यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।
उपलब्धता
ड्ड मी टिभी ४एक्स (५५) २०२० संस्करण रु.६४,९९९ मा उपलब्ध हुनेछ ।
ड्ड मी एलईडी टिभी ४ए प्रो (४३) रु.३९,९९९ मा उपलब्ध हुनेछ ।
ड्ड दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रि—बुकिंग शुरु हुन्छ र मी एलईडी टिभी ४ए प्रो (४३) सेप्टेम्बर २५ (असोज ९ गते) र मी टिभी ४एक्स (५५) २०२० संस्करण ३० सेप्टेम्बर (असोज १४ गते) बाट अफलाइनमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार