२३ बैशाख २०८१, आईतवार

धनगढीमा मिनि जु स्थापना



धनगढी । धनगढी उपमहानगरपालिका वडा नं ४ मा रहेको शिवपुरी सामुदायीक बनमा घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्र स्थापना गरिएको छ ।

नगरमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रको बिहिबार उद्घाटन समेत गरिएको छ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र डिभिजन बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले एक कार्यक्रमका बिच घाइते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्दको उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिका र डिभिजन बन कार्यालय धनगढीको सहयोगमा घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्र स्थापना गरिएको थियो ।
नगरप्रमुख वडले शिवपुरी धाममा पर्यटक भित्राउनका लागि त्यस नजिकै मिनि जु स्थापना गरिएको बताए । बिहीबार एक वटा रतुवा र एक वटा चित्तललाई राखिएको बताए । उनले भने, यहाँ जनावरहरुको संख्या थप गरिदै लगिने छ । घाईते तथा टुहुरा बन्यजन्तुको यस आरक्षण केन्द्रमा उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने छ नगरप्रमुख वडले भने, बन्यजन्तु हेर्न आउनेहरुका लागि यो ठाउँ खुला पनि गरिने छ ।
बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रलाई नमुनाको रुपमा विकास गर्न सकिने बताए । उनले भने, यसले पर्यटनलाई प्रवद्र्धन गर्ने र बन्यजन्तुको संरक्षण गर्ने काम संगसंगै हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार