२२ बैशाख २०८१, शनिबार

डोटीमा कोरोना नियन्त्रणमा ११ करोड बढी खर्च



डोटी । डोटीका नौ वटा स्थानीय तहहरूले कोभिड–१९ को संक्रमण रोकथाम तथा उपचारमा ११ करोड ८२ लाख रुपैया बढी खर्च गरेका छन् ।

स्थानीय तहहरुले राहत वितरण तथा क्वारेन्टिन निर्माण र व्यवस्थापनमा सो रकम खर्च भएको जनाएका छन् ।

डोटीमा शिखर नगरपालिकामा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या रहेको छ छ । शिखर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण र उपचारमा हालसम्म एक करोड ८६ लाख ४६४ रुपैयाँ खर्च गरेको जनाएको छ ।

जोरायल गाउँपालिकाले हालसम्म ७० लाख रुपैया खर्च गरेको छ । त्यस्तै, कोरोना भाइरस संक्रमण रोकथाममा आदर्श गाउँपालिकाले एक करोड ७७ लाख, दीपायल सिलगढी नगरपालिकाले एक करोड ५१ लाख ३० हजार, बोगटान फुड्सिल गाउँपालिकाले एक करोड २५ लाख र पूर्वीचौकी गाउ“पालिकाले एक करोड २७ लाख रुपैया खर्च गरेका छन् ।

त्यस्तै, सायल गाउँपालिकाले एक करोड ६२ लाख, केआइसिंह गाउ“पालिकाले ९८ लाख ९४ हजार र बडिकेदार गाउँपालिकाले ८५ लाख रुपैया खर्च गरेको जनाएका छन् ।

संक्रमित तथा भारतबाट रोजगारी गरी जिल्ला फर्किएका स्थानीयवासीले क्वारेन्टिनमा कुनै प्रकारको सेवा सुविधा नपाएको गुनासो गरी रहेको अवस्थामा यहाँका स्थानीय तहले यति ठूलो रकम खर्च भएको देखाउनु गलत भएको डोटीका काँग्रेस नेता घनश्याम पाठकले बताए ।

उनले भने– क्वारेन्टिको सेवा सुविधाको अवस्था र कोरोना नियन्त्रणको अवस्थाका बारेमा हामीले पनि बुझेका छौं । करोडौं रकम खर्च भयो भनेर देखाउनु गलत हो यसको छानबिन हुनुपर्छ ।

स्थानीय तहले खर्च भएको विवरण पेस गरेअनुसार क्वारेन्टिनदेखि अन्य क्षेत्रमा खर्च नभएको भारतबाट रोजगारी गरी १४ दिन क्वारेन्टिन बसेर घर फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नम्बर ३ आलीअतुरालीका दीर्घबहादुर बोगटीले बताए ।

सुदूरपश्चिम गाउँपालिका महासंघका अध्यक्ष दुर्गादत्त ओझाले ‘सीमित बजेटका बाबजुद् पनि सबै स्थानीय तह मिलेर कोरोना महामारीको सामना गर्न सफल भएको बताए ।

जोरायल गाउपालिकाका अध्यक्ष समेत रहेका उनले भने– “बजेटमा कसैले गलत गरेको छैन, खर्च भएको विवरण नै पेश भएको जस्तो लाग्छ । सबैको चित्त बुझाउन त कसले सक्छ र ?’

सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ३६ करोड ४८ लाख ७० हजार रुपैया“ खर्च गरेको विवरण सार्वजनिक गरेको छ । ‘जाखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष (स्थापना तथा सञ्चालन) निर्देशिका २०७६’ अनुसार उक्त रकम खर्च गरिएको प्रदेश सरकारले जनाएको छ ।

सो कोषमा जम्मा भएको ४२ करोड ५५ लाख ४९ हजार ४६० रुपैया मध्ये प्रदेशका सबै नौ वटै जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिन स्थापना तथा सञ्चालन, कोरोना अस्पताल निर्माण तथा सञ्चालन, ल्याब सञ्चालन, विभिन्न उपकरण खरिद तथा स्थानीय तहलाई राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको प्रदेश सरकारले जनाएको छ ।

कोषमा छ लाख ६७ हजार बा“की रहेको प्रदेश सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहा“का नौवटै जिल्लाका ८८ वटा स्थानीय तहलाई रु १५ करोड २६ लाख वितरण गरिएको तथा नौवटा जिल्ला प्रशासनलाई पा“च लाखका दरले ४५ लाख वितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार