१३ बैशाख २०८१, बिहीबार

कम्युनिष्टको सरकार फेसबुकमा भेटिदैन : मुख्यमन्त्री भट्ट (भिडियाेसहित)



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कम्युनिष्टको सरकार विकास नभएको ठाउँमा विकास गरिरहेको र समस्या भएको ठाउँमा समस्या समाधान गरिरहेको भेटिने बताएका छन् ।

प्रदेश सभामा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले कम्युनिष्टको सरकार प्रतिपक्षीहरुले फेसबुकमा खोजेर नभेटाउनु स्वाभाविक रहेको रहेको बताएका हुन् । उनले आफूहरु विकास नभएको ठाउँमा, समस्या भएको ठाउँमा र जनताको घरदैलोमा भेटिने गरेको बताए ।

‘कम्युनिष्टको सरकार विकास नभएको ठाउँमा विकास गरिरहेको, समस्या भएको ठाउँमा समस्या समाधान गरिरहेको र जनताको घरदैलो जनतालाई सहयोग गरिरहेको भेटिन्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘अरुको सरकार कहाँ भेटिन्छ, मलाई थाहा छैन । कम्युनिष्टको सरकारलाई फेसबुकमा खोजेर भेटिन्न ।’

उनले प्रदेश सरकारको उपस्थिति जनाउनका लागि मन्त्री वा सांसद् नै देखिनु पर्ने रहेको भान भएको बताउँदै सभामुख मार्फत् सबै सांसद्हरुलाई आफ्नो आफ्नो क्षेत्रमा क्रियाकलापहरुमा सहभागी हुन अनुरोध गरेका छन् ।

‘प्रदेश सरकारको उपस्थिति मन्त्री वा सांसद् उपस्थित भएपछि मात्रै देखिने रहेछ । प्रदेश सरकार तब मात्रै भेटिने रहेछ,’ मुख्यमन्त्री भट्टले भने, ‘कोरोना महामारी नियन्त्रण गर्न हाम्रो कर्मचारी खटिएका थिए । हामीले स्थानीय तहमार्फत् पैसा लगएका थियौं । सकेजति ठाउँमा मन्त्री र सांसद्हरु पनि उपस्थित थिए । तर फेसबुकमा प्रदेश सरकार भेटिएन भनेर आयो ।’

लकडाउनका बेला प्रतिपक्षी दल नेपाली कांग्रेसका केही कार्यकर्ताहरुले फेसबुकमा प्रदेश सरकार नभेटिएको भन्दै स्टाटस लेखेका थिए भने नेपाली कांग्रेसका केही सांसदहरुले मिडियामा समेत प्रदेश सरकार नभेटिएको भन्दै बोलेका थिए । मुख्यमन्त्री भट्टले सोको कट्टाक्ष गर्दै ‘कम्युनिष्ट सरकार फेसबुकमा भेटिदैन’ भनेका हुन् ।

उनले प्रतिपक्षी दलहरुले कोरोना महामारीका नाममा प्रदेश सरकारले अनधिकृत रुपमा ९३ करोड खर्च गरेको भन्दै बजेट छलफलको बेला संसद् अवरुद्ध गरेकोमा त्यसको पनि खण्डन गरेका छन् । उनले संघीय सरकारले दिएको छ करोड बाहेक बाहेक ५० देखि ५३ करोडसम्म मात्रै खर्च भएको जनाएका छन् ।

उनले राहत वितरण, आइसोलेशन निर्माण र क्वारेन्टाइन व्यवस्थापनका लागि स्थानीय तहलाई २४ करोड अनुदान दिएको बताए । कोरोना रोकथाम तथा नित्रयन्त्रणका लागि खटिने सुरक्षाकर्मीहरुको लागि सुरक्षा निकायलाई एक करोड नौ लाख दिएको बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत् ३० देखि ३३ करोड खर्च भएको मुख्यमन्त्री भट्टले बताए । उनले सामाजिक विकास मन्त्रालयले कम जनशक्तिमा सञ्चालन गर्न सकिने तीन वटा अटो आरटि–पिसिआर मेसिन र ३० वटा भेन्टिलेटर खरिद गरेको बताए । १०–१५ दिनमै तीन वटै अटो आरटि–पिसिआर मेसिन सञ्चालन भइसक्ने मुख्यमन्त्री भट्टले बताए ।

प्रतिपक्षले भने जस्तै संघीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारलाई २० औं करोड रुपैयाँ दिएको कुरा पनि सत्य नरहेको स्पष्ट पार्दै मुख्यमन्त्री भट्टले लकडाउनको शुरुको केही महिना क्वारेन्टाइनमा एक लाख भन्दा बढि मानिसहरुलाई राख्नु परेकोले एक छाक खाना खुवाउन २÷३ करोड रुपैयाँ खर्च भएको बताए ।

उनले सामाजिक विकास मन्त्रीले पटक पटक खर्चको विस्तृत जानकारी संसद्मा दिंदा दिंदै पनि बजेटमाथि छलफल गर्ने बेला प्रतिपक्षले संसद् अवरुद्ध गरेको बताए ।

प्रतिपक्षीहरुले आफ्नो ईच्छा आकांक्षा पुरा नभएपछि संसद् अवरुद्ध गरेर बजेटमाथि छलफल गर्ने जनताको अधिकारमा घात गरेको उनले बताए । उनले जनतालाई भ्रममा राखेर प्रतिपक्षले राजनीति गर्न खोजेको भन्दै दुःख व्यक्त गरे ।

‘यही प्रवृत्तिका कारण अझैसम्म सुदूरपश्चिमको विकास हुन सकेन,’ मुख्यमन्त्री भट्टले भने, ‘यस्तै प्रवृत्तिका कारण हामीले (प्रतिपक्षीले) जनतालाई पटक पटक ठग्दै आएका छौं । यस्तो गर्नु हुँदैन । साँचो बोल्नु पर्छ ।’

उनले कोरोना रोकथामका लागि फागुनदेखि प्रदेश सरकार सक्रिय रहेपनि प्रतिपक्षले असार १० गते आएर त्यसको लागि पहल गर्नु दुःखद् गरेको बताए । उनले प्रतिपक्षले कोरोनाको नाममा राजनीति गरेर आफ्नो आकांक्षा पुरा गर्न खोजेको बताए । उनले प्रतिपक्षको जिद्दको कारण पटक पटक बजेटमाथि छलफल हुन नसकेको बताए ।

मुख्यमन्त्री भट्टले जनतालार्इ प्रतिपक्षले ढाँटिरहेकाे बताए । प्रतिपक्षीहरुले आफ्नो ईच्छा आकांक्षा पुरा नभएपछि संसद् अवरुद्ध गरेर बजेटमाथि छलफल गर्ने जनताको अधिकारमा घात गरेको उनले बताए । उनले जनतालाई भ्रममा राखेर प्रतिपक्षले राजनीति गर्न खोजेको भन्दै दुःख व्यक्त गरे ।

‘यही प्रवृत्तिका कारण अझैसम्म सुदूरपश्चिमको विकास हुन सकेन,’ मुख्यमन्त्री भट्टले भने, ‘यस्तै प्रवृत्तिका कारण हामीले (प्रतिपक्षीले) जनतालाई पटक पटक ठग्दै आएका छौं । यस्तो गर्नु हुँदैन । साँचो बोल्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार