१५ बैशाख २०८१, शनिबार

बाढीले तालका माछा बग्दा किसानहरुलाई ठूलो क्षति




भजनी(कैलाली)

“नसोधेरै गए, शुभयात्रा भन्न सकिएन ।”

माथि उल्लेखित शव्द कुनै आफन्त ( मानिस ) का लागि प्रयोग गरिएको होइन । ती शव्द दुई वर्षदेखि माछा पालनमा समेत संलग्न भएका सत्तारुढ नेकपा युवा नेता डेजी पाण्डेले माछा पोखरीको आउटलेटको जालीसँगै माछा बगेपछिको तनावले सामाजिक सञ्जाल फेसबूकमा लेखेको स्टाटसको हो ।

अनेक दुःख र मेहनत गरेर पालेका माछा बगेपछि चिन्तित हुँदै पाण्डेले ती शव्द लेखेका हुन । उनी सहितको व्यवसायकि समूहको मत्स्य तथा कृषि कम्पनीले भजनी नगरपालिका‐९ पचमुडियामा ठेक्कामा लिएर माछा पालन गरेको छ ।

सञ्चालक पाण्डेका अनुसार तालको आउटलेट बग्दा ३५ /४० क्वीन्टल माछा बगेका छन् । उनले भने तालको बाँध बलियो भएकाले फुटेन तर आउटलेटको जाली बग्दा माछा बगेका छन् ।

अहिले ३५ /४० क्वीन्टल माछा बग्नु भनेको ७०/ ८० क्वीन्टलको घाटा हो उनले भने ती माछा पछि बेच्दासम्म कम्तिमा पनि ७०/ ८० क्वीन्टल हुन्थे ।

नगरपालिकासंग पाँच वर्षका लागि सो कम्पनीले ठेक्कामा लिएको दुई वर्ष भन्दा बढी भइसकेको छ । हामीले वार्षिक ४५ लाख ठेक्कामा ताल लिएका हौ पाण्डेले भने तालमा १०० ग्रामदेखि चार किलोसम्मका माछा छन् । आउटलेट बग्दा डेढ किलोग्रामसम्मका माछा बगेका छन् ।

हाम्रा माछा बगेपछि धेरै किसानले १० किलोसम्म माछा मारेर घरघर लगेको देख्यौ । हामीले लकडाउनका कारण सयौ क्वीन्टल माछा बेच्न सकेको थिएनौ सञ्चालक पाण्डेले भने हामी दशैको वरपरदेखि माछा वेच्ने तयारीमा थियौ । सञ्चालक पाण्डेका अनुसार दशै वरपरसम्म कतिपय माछा त आठ किलोग्रामसम्मका हुने अनुमान गरेका छौ ।


पाण्डेका अनुसार कैलालीका धेरै किसानले बाँध भत्केर आफ्ना माछा बगेकोमा चिन्तित रहेको बताए । कैलालीमा झण्डै एक हजार हेक्टर क्षेत्रफल ओगेटका १९३ वटा प्राकृतिक तालमा स्थानीय लगायतका सरकारी निकायसँग ठेक्का लिएर मत्स्यपालन गर्ने गरिएको छ । त्यत्तिकै संख्यामा किसानहरुले कृत्रिम पोखरी बनाएर माछापालन गरिरहेका छन् ।

कैलालीमा कर्णाली तथा मोहना नदीमा पनि माछा मार्ने गरिन्छ । कैलाली पछिल्ला केही वर्षदेखि माछामा आत्मनिर्भर रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार