२९ बैशाख २०८१, शनिबार

राजश्व सम्वन्धी छलफल



धनगढी । धनगढी उप–महानगरपालिका राजश्व शाखाको आयोजनामा स्थानीयतहको राजश्व सम्वन्धी छलफल सोमबार भएको छ ।

छलफलमा नगरप्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट लगायत राजश्व परामर्श समितिका पदाधीकारी, वडा अध्यक्ष र नगरसभा सदस्य, राजश्वका कर्मचारीहरुको सहभागिता रहेको राजश्व शाखा प्रमुख लेखनाथ ओझाले बताए ।
राजश्व शाखा प्रमुख ओझाले कोरोना माहामारी र त्यसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण स्थानीयतहको राजश्वमा ठूलो गिरावट आएको बताए । त्यसैले स्थानीयतहको राजश्व र आर्थिक ऐनका बिषयमा पनि छलफल भएको हो । जुम छलफलमा स्थानीयतहको राजश्व सम्वन्धी विज्ञ डाक्टर नारायण बास्कोटाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार