२१ बैशाख २०८१, शुक्रबार

आन्तरिक तरकारीले लकडाउन धान्यो



धनगढी । सुदूरपश्चिम प्रदेशमा आवश्यकताको आधामा मात्रै तरकारी उत्पादन हुन्छ । तर लकडाउन भएदेखि प्रदेशमा बाहिरबाट तरकारी आयात नभए पनि फालाफाल उत्पादन भए जस्तै किसानको तरकारी बारीमै कुहियो ।

तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा दैनिक १० लाख चालीस हजार किलो तरकारी आवश्यक छ । एक जना मानिसलाई अन्तुलित आहारका दैनिक चार सय ग्राम तरकारी खानुपर्छ । प्रदेशमा करिब २६ लाख जनसंख्या छ । तर प्रदेशमा दैनिक पाँच लाख किलो तरकारी उत्पादन हुने गरेको छ ।

पहाडका केही जिल्लामा तरकारीको खपत निकै कम रहेको र लकडाउनका कारण बजारमा तरकारीको उपलब्धता कम रहेको र कोरोनाको डरले मानिसहरु कम तरकारी उपभोग गरेकाले थारैले पुगेको प्रदेश कृषि निर्देशनालयले जनाएको छ । ‘मानिसहरु थोरै तरकारीले पनि गुजारा गरे,’ प्रदेश कृषि निर्देशक यज्ञराज जोशीले भने, ‘पहाडमा तरकारी खाने चलन अझै छैन । शहरबाट मानिसहरु गाउँ पसेकाले मोभिलिटी पनि कम भयो । बजारमा तरकारी बेच्ने सक्ने वातावरण पनि रहेन । त्यस भएर किसानले सस्तोमा तरकारी बेच्नु प¥यो ।’

निर्देशक जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा खपत हुने तरकारीको ७५ प्रतिशत प्रदेशमै उत्पादन हुन्छ । २५ प्रतिशत बाहिरबाट आयात हुन्छ । तर लकडाउनको बेला प्याज र आलु बाहेकका हरियो साग, तरकारी भारत र अन्य प्रदेशबाट आयात भएको छैन । जिल्ला भन्सार कार्यालय कैलालीले पनि प्याज र आलु भारतबाट आयात भएपनि हरियो तरकारी डकडाउनमा आयात नभएएको जनाएको छ ।

कोरोनाको प्रभावका कारणले कम उत्पादन भएपनि प्रदेशभित्रकै उत्पादनले धानेको निर्देशक जोशीले बताए । प्रदेशका शहरहरुमा मुभमेन्ट कम भएकाले पनि उत्पादित तरकारीको माग कम भएको हो । उनले होटल व्यवसाय समेत बन्द रहेकाले किसानको उत्पादन विक्री हुन नसकेको र विक्री भएको तरकारीले पनि मुल्य पाउन नसकेको बताए । उनले उपभोक्ताले कोरोनाको डरले पनि कम कम तरकारी उपभोग गरेको बताए । कोरोनाका उपभोक्ताहरुले एक पटक किनेको तरकारी हप्ता दिनसम्म चलाएको निर्देशक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार