१० श्रावण २०८१, बिहीबार

पश्चिम सेतीको लगानी र आयोजना निर्माणको मोडालिटी फेर्ने तयारी



काठमाडौं । पश्चिम सेती र एसआर–६ (सेती रिभर–६) संयुक्त जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न चासो देखाएका कम्पनीहरूले आयोजना विकासका लागि संयुक्त उपक्रम सम्झौता (जेभिए) गर्न नसकेपछि लगानी बोर्डले लगानी र आयोजना निर्माणको मोडालिटी फेर्ने तयारी गरेको छ ।

लामो समयसम्म चिनिया कम्पनी थ्री गर्जेजले ओगटेर पनि काम गर्न नसकेको पश्चिम सेती जलविद्युत आयोजनालाई २०७५ चैतमा सरकारले आयोजना गरेको लगानी सम्मेलनका क्रममा एसआर–६ लाई पनि जोडेर विदेशी लगानी आह्वान गर्ने निर्णय गरेको थियो ।
लगानी सम्मेलनपछि यी दुई आयोजनामा संयुक्त रुपमा लगानी गर्न म्याट्रिक्स इन्टरप्राइजेज प्रालिमार्फत् प्रस्ताव पेश गर्ने नेब्रास पावर, फुजी इलेक्ट्रिक कम्पनी (जापान), जनरल इलेक्ट्रिक (संयुक्त राज्य अमेरिका) र वेस्ट सेती हाइड्रो प्रालि विथ स्मेक (अस्ट्रेलिया) को आशयपत्र पेश गरेका थिए ।
लगानी बोर्डका एक उच्च अधिकारीका अनुसार यी कम्पनीहरूलाई बोर्डले आयोजनामा लगानीका लागि एक आपसमा संयुक्त उपक्रम सम्झौता गर्ने र संयुक्त कम्पनी बनाएर प्रस्ताव पेश गर्न भनेको थियो । तर ती कम्पनीहरूले लगानीका लागि एक आपसमा सम्झौता नै नगरेपछि लगानी बोर्डले अर्को विकल्प खोज्न थालेको हो ।
‘आशयपत्र माग गरेर लगानी प्रस्तावहरू मागेका थियौं । तर राम्रा प्रस्ताव भने परेनन् । एउटा चाही“ पा“चवटा कम्पनीले संयुक्त रुपमा लगानी गर्ने (कन्सोटिएम) भन्ने प्रस्ताव थियो । तर ती कम्पनीहरूबीच जोइन्ट भेन्चर एग्रिमेन्ट नभएर बा“की अड्किरहेको थियो,’ ती अधिकारीले भने ।
लगानी बोर्डको सञ्चालक समितिको निर्णयअनुसार पश्चिम सेती र त्योभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने एसआर ६ आयोजनालाई संयुक्त रुपमा अगाडि बढाउने भन्दै ती कम्पनीको संक्षिप्त सूची (सर्टलिस्ट) गरिएको थियो । आयोजना सार्वजनिक–नीजि साझेदारी (पिपिपी) मोडेलमा अगाडि बढाउने गरी प्रस्ताव माग गरिएको थियो । तर आयोजनामा ती विदेशी कम्पनीले लगानी गर्ने चासो नदेखाएस“गै लगानी बोर्डले फेरि एसआर–६ आयोजनालाई पश्चिम सेतीबाट छुट्याउने तयारी गरेको छ ।
आयोजनाको मोडालिटी हरेक वर्षजस्तो फेरिरह“दा त्यसले लगानीकर्तामा भने थप शंका उब्जाउने लगानी बोर्ड श्रोतको भनाइ छ । ‘हरेक वर्ष नया“–नया“ मोडल गर्दा ठूला लगानीकर्ता आउ“दैनन् । जसले पनि किन पुरानोले हात झिक्यो भनेर सोध्छन,’ श्रोत भन्छ‚ ‘त्यसकारण यसलाई नया“ किसिमले सोचिनु पर्दछ । नया“ किसिमले सोच्ने भनेको यसलाई बढी सुहाउ“दो बनाउने हो । आयोजना उत्कृष्ट भयो भने न लगानी आउने हो ।’
नया“ लगानीकर्ता खोज्छौं– अर्थमन्त्री
डोटीबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर आलेले पश्चिम सेती जलविद्युत आयोजना कहिले र कसरी बन्छ ? भनेर अर्थमन्त्रीसंग सवाल गरेकोमा सोमबार अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती र एसआर–६ मा संयुक्त रुपमा लगानी जुटाउन अप्ठेरो हुने देखिएकाले आयोजना छुट्टाछुट्टै रुपमा अगाडि बढाउने गरी लगानीको मोडालिटी आगामी आर्थिक वर्षभित्रै टुंग्याइने जानकारी दिए ।
‘यो आयोजनामा हामीले लगानीको नया“ मोडालिटीबाट संचालन गर्ने भनेका छौं । लगानी सम्मेलनमा पश्चिम सेती र एसआर ६ लाई संयुक्त रुपमा अगाडि बढाउने भन्ने प्रस्ताव आएको थियो । त्यसमा जोइन्ट भेन्चरको कुरा थियो र पछिल्लो चरणमा लगानीकर्ताहरूबाट संभव छैन भन्नेजस्तो दृष्टिकोण आएको छ’ अर्थमन्त्री खतिवडाले भने‚ ‘उहा“हरू अलिकति हच्किनु भएको अवस्था छ । त्यसो भएको हुनाले हामीले नया“ लगानीकर्ता खोज्नपर्ने स्थिती छ ।’
पश्चिम सेती जलविद्युत् आयोजना कहिले दातृ निकायको सहयोगमा त कहिले सरकार आफैंले बनाउने भनेर पछिल्लो अढाई दशकदेखि चर्चामा छ । पश्चिम सेती आयोजनाका तुलनामा एसआर–६ निकै कममात्र अध्ययन भएको आयोजना हो । एसआर–६ आयोजनाको पूर्व सम्भाव्यता अध्ययनसमेत टुंगिसकेको छ । लगानी सम्मेलनमा यी दुई आयोजना एउटै लगानीकर्ताबाट अगाडि बढाउने प्रस्ताव सरकारले गरेपछि लगानी बोर्डले एसआर–६ को पूर्व सम्भाव्यता अध्ययन गर्ने जिम्मा विद्युत् विकास विभागलाई दिएको थियो । विभागले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार एसआर ६ आयोजनाको उत्पादन क्षमता घटाएर निर्माण गर्नु बढी उपयुक्त हुने देखिएको छ ।
बझाङ, डोटी, डडेलधुरा र अछाम जिल्लामा बन्ने ७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाटको एसआर ६ आयोजनाको लागत क्रमशः १ अर्ब ४८ करोड अमेरिकी डलर र ९२ करोड ७० लाख अमेरिकी डलर बराबर अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार