२३ बैशाख २०८१, आईतवार

छाङरुमा स्काई टेलिफोन सेवाको माग



दार्चुला । सात महिनादेखि अवरुद्ध रहेको दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र नजिकै रहेको ब्यास गाउँपालिकाको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न ब्यास गाउँपालिकाले सरकारसंग माग गरेको छ ।

सो क्षेत्र गत मंसिरदेखि सञ्चारबिहीन रहेको छ । ब्यास गाउ“पालिकाले संघीय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अवरुद्ध रहेको टेलिफोन सेवा सञ्चालन गर्न आग्रह गर्दै पत्राचार गरेको जनाएको छ । गाउ“पालिकाले ब्यासमा स्थानीय र सुरक्षाकर्मीहरूको उपस्थिति भइसकेको अवस्थामा टेलिफोन सेवा सञ्चालन गर्न माग गर्दै मन्त्रालयलाई पत्राचार गरिएको गाउ“पालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए ।
गउ“पालिकाले तत्काल हेलिकोप्टरमार्फत टावर सञ्चालन गर्न जनशक्ति र सामग्री उपलब्ध गराउन मन्त्रालयलाई आग्रह गरेको छ ।
‘सदरमुकाम खलंगाबाट हि“डेदेखि सञ्चार हुनसकेको छैन’ ब्यास गाउ“पालिकाका यशोदा तिंकरीले भनिन– हामीलाई त्यो क्षेत्रमा खाद्यान्नको अवस्था के छ ?, मानिस कसरी पुगे ? भनेर जानकारी लिने कुनै साधन नै छैन ।
गत वर्ष हेलिकोप्टरमार्फत टेलिकमका कर्मचारी ल्याएर टावर निर्माण गरिएको भए पनि यस वर्ष सञ्चालनका लागि कुनै पहल नभएको गाउ“पालिका अध्यक्ष बुढाथोकीले बताए । छाङरुमा केही दिन साताअघि सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरेकोा छ । त्यस्तै, स्थानीयहरु पनि गाउ“ गइरहेका छन् । सुरक्षाकमीलाई नै टेलिफोन सेवाको अभाव भएकाले तत्काल टेलिफोन सेवा सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गरिएको छ ।
गाउ“पालिकाको छाङरु सर्जिकोटमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको छ, तर अत्यधिक हिमपातका कारण गत मंसिरदेखि सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । हिमपातका कारण सोलार प्यानल र अन्य उपकरणमा क्षति पुगेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार