१० श्रावण २०८१, बिहीबार

नेकपा, कांग्रेस र मधेशवादी मिलेर सर्वदलीय बजेट ल्याउन माग




काठमाडौं । एनआरएन अगुवाको विश्व सम्मेलन मार्फत नेपाल सरकार, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री डा. रामशरण, अर्थमन्त्री डा. यूवराज खतिवडा र पशुपतिशमशेर राणालाई आगामी बजेट नीति तथा कार्यक्रम हावादारी नबनाउदै जनताले स्याबासी दिदै धन्यवाद भन्ने बजेट ल्याउन एनआरएनले लिखित लबिङ्ग गरेका छन् ।

अर्थ मन्त्रालयमा दिइएको सुझाव नेपाल सरकार र प्रतिपक्षी दलबिच आर्थिक मुद्दामा एकताको लागि पहलकदमी गरिएको नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले जानकारी दिए ।

नेबिसंघका पूर्व कावा केन्द्रीय अध्यक्ष समेत रहेका नेता भण्डारीका अनुसार जुम मिटिङ्ग र सम्वादमार्फत कोरोना संकट केन्द्रित बजेट बनाउदै नेपालमा वार्षिक नौ खर्बको रेमिट्यान्स भित्रयाउने प्रवासी नेपालीप्रति दुव्यवहार, सीमा नेपालीको दुख , लक डाउनले स्कुल क्याम्पसका विद्यार्थीको भविस्य, उद्योग व्यवसाय, शेयरबजार र बैकिङ क्षेत्र धरासायी हुनबाट बचाउने उपाय वारे विश्वव्यापी अनुभव र ज्ञान समेटेर सर्वसम्मत बजेट ल्याउनुपर्नेमा सरकारलाई सुझाएको बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट गठित आर्थिक समितिका संयोजक एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल सरकारलाई एनआरएन तथा यूवानेताहरुको सुझाव प्रतिवेदन निकै व्यवहारिक रहेकोमा धन्यवाद दिए । डा. महतले सुझाव पार्टीमार्फत सरकारलाई दिइने बेला एनआरएनको सुझाव पनि समावेश गर्ने बताउँदै तर कार्यान्वयन गर्नुपर्ने मुख्य जिम्मेवार पक्ष सरकार रहेको बताए ।

नेपाली अर्थतन्त्र उकास्नका लागि कोरोना संक्रमण न्युनीकरण बजेट निर्माण नै पहिलो प्राथमिकता हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए । नेता घिमिरेले १५ हजार नलिइ निशुल्क स्वास्थ्य परीक्षण गर्न अनि प्रत्येक स्थानीय तहमा अस्पतालमा बजेटको ५०५ रकम खर्च गर्नुपर्ने बताए ।

त्यस्तै संविधानसभा सदस्य रञ्जित कर्णले जनतालाई तत्काल अल्पकालिन र दीर्घकालिन राहत रणनीतिक योजना नै बजेटको प्राथमिकता हुनुपर्छ भन्दै कोरोनाबाट प्रताडित विपन्नलाई मासिक नगदै राहत दिन माग गरे ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भारतमा राजदुतको अकर्मण्यताले निकै दुख पाएको बताउदै स्वदेश फिर्ताको वातावरण बनाउदै प्रशासनिक खर्च घटाउदै सानो मन्त्रीमण्डल बनाउन जोड दिए ।

कांग्रेसका युवानेता रमेश महतले कृषक लाई फलफूल, तरकारी, जटिबुटी, मासु र दुधजन्य उत्पादनलाई निशुल्क बिमा, तालिम,आर्गेनिक मल, दाना र बीउ दिई बजार मूल्यको ग्यारेन्टी गर्ने प्राविधिक बजेट ल्याउन सुझाव दिए ।

कांग्रेस नेतृ मृदुला कोइरालाले विदेशमा रहेका नेपालीलाई ससम्मान स्वदेश भित्राउनु पर्ने उल्लेख गर्दै २०४६ सालदेखि बाहिरिएका सबै भ्रष्ट्राचार काण्डमा निष्पक्ष छानविन र कार्वाही गर्न अख्तियारलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुुपर्ने बताइन् ।

वरिष्ठ पत्रकार ईन्द्र रिजालले लामो लकडाउनले सर्वसाधारणको ढाड सेकिएको भन्दै आगामी बजेटले जनतासँग कर बढाउनुको सट्टामा सांसद विकास कोष, आयोग र भीआईपीको सुविधा खारेज गर्नुपर्ने बताए ।नेपालमा उत्पादन हुने उच्च गुणस्तरीय गाँजालाई बैधानिक तवरले बिदेशमा बेचेर वैदेशिक मुद्रा आर्जनको नीति राज्यले लिनुपर्ने सचिव कृष्णप्रसाद सापकोटाले बताए ।

कांग्रेसका यूवा नेता चिन्तन पौडेलले वैदेशिक रोजगारी छोडेर नेपाल फर्किने नेपालीलाई सरकारले उनीहरुको अनुभव र सीप प्रयोग गर्नलाई १ लाखदेखि १५ लाखसम्म बिना धितो ५५ व्याजमा ऋण दिनुपर्ने सुझाव दिए ।

इन्जिनियरिङ कलेज प्रिन्सीपल दीपेन्द्र भट्टले लकडाउनले पठनपाठन प्रणाली नै तहसनहस बनाएकोले एसईई खारेज गर्दै फ्री ईन्टरनेट र सरकारी विद्यालयमा फ्री ल्यापटप दिएर डिजिटल शिक्षा युगमा प्रवेश गर्न सुझाव दिए ।

एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाले अफ्रिकी मुलुकमा अवैध कामदारका रुपमा फसेका चेलीवेटीको तत्काल उद्धार गर्नुपर्नेमा जोड दिदै कोरोना कोष सुदृढ गर्न मदिरा र अमेरिका नारायण थापाले चुरोटको मूल्य दोब्बर गर्दै सुर्तीजन्य उत्पादन अनि बिक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।
नेपाली जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले यूरोपमा रहेका नेपालीहरुको पीडालाई संबोधन गर्नुपर्ने बताउदै उद्योग ऋण, बिद्युत, खानेपानी र ईन्टरनेटमा विशेष सहुलियत दिन सुझाव दिईन ।

दक्षिण कोरियाका अध्यक्ष आस्थाबिन्दु मल्लले लिम्पियाधुरासहित मिचिएको सीमाना नक्सामा होइन ब्यवहारमा फिर्ता ल्याउन माग गरिन् ।

युवानेता चिरञ्जीवी थापाले होटेल, रेष्टुरेन्ट, ट्राभल्स, म्यानपावर, कन्सल्टेन्सी टाट पल्टिन नदिन ठूला आयोजनाको बजेटलाई उद्यमी राहत प्याकेजमा डाईभर्ट गर्नुपर्ने माग गरेका छन् ।

इजरायलकी एनआरएन नेतृ दीपिका भुषाल बजेट परीक्षण कीट र सयौं भेन्टिलेटर खरिदमा मात्र केन्द्रित गर्नुपर्ने बताइन । साईप्रसकी नेतृ रिता दुलालले विदेशमा बिद्यार्थीहरु लकडाउनले गर्दा शिक्षा र रोजगारी दुवैबाट बञ्चित भै भोकभोकै बस्नुपरेको सरकारसँग उद्धारको माग गरिन ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपाल फर्किन आग्रह गरेको परिपेक्ष्यमा नेपाल फर्किन चाहने नागरिकलार्ई अबिलम्ब उद्धार गर्न चीनमा झैं जहाज पठाउन मदनराज पौडेलले माग गरे । जर्मनीका प्रवक्ता सिजन दाहालले सरकारले एनआरएनलाई सुकुम्बासी र शरणार्थी झै व्यवहार नर्गन चेतावनी दिए ।

जापानका डीपी कडेलले जापान सरकारले होटेललाई क्वारेन्टाइन र आईशोलेसन वार्ड बनाई डाक्टर र नर्सलाई पनि घर जान नदिएर होटेल मै राखिएकोले संक्रमण दरमा घटेको उपाय सिकाए ।

ईजोडोमका नेपाल प्रमुख लण्डनका ह्यन्सन गौचनले लकडाउनलाई बिस्तारै खुकुलो पार्दै बैंकको व्याज घटाउनेदेखि कर्जाको पुर्नसंरचना गरेर करजरिवाना मिनाहामा जोड दिएको सुजन सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार