१२ श्रावण २०८१, शनिबार

दादुरा–रुवेला खोप अभियान नरोकिने



काठमाडौं । सरकार पाँचौ दादुरा–रुबेला खोप अभियानको दोस्रो चरण नरोक्ने बताएको छ ।
विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालका विद्यालय, कलेज, सिनेमाघर लगायतका मानिसको भीड हुने स्थान बन्द गरिएका छन् ।
दोस्रो चरण अन्तर्गत दोस्रो चैत १ गते सुरु भएको हो । जसअन्तर्गत प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४२ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ ९ महिनादेखि पा“च वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने लक्ष्य छ ।
सरकारले सर्वसाधारणलाई २५ जनाभन्दा बढीको संख्यामा जम्मा भई भीडभाड गर्न रोक लगाएपछि स्वास्थ्यकर्मीले खोप अभियान सयौं भीड हुने भन्दै तत्काल स्थगित गर्न माग गरिरहेका छन् ।
परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले अभियानको अन्तिम चरण भएकाले बीचमा रोक्न नमिल्ने बताए ।
मनाङ, मुस्ताङ र हुम्लामा भने तत्कालका लागि अभियान सञ्चालन हुने छैन । ती जिल्लाका बासिन्दा जाडोका कारण जिल्ला छोडेकाले गर्मी लागेपछि अभियान सञ्चालन हुने शर्माले जानकारी दिए ।
उनले भने, ‘हामी अन्तिम चरणमा छौ“ । स्वास्थ्यकर्मीलाई भीड व्यवस्थापन गरी खोप अभियान सञ्चालन गर्न भनेका छौ“ । अलि भीड हुने काठमाडौंमा हो, अन्यत्र यस्तो समस्या कम छ ।’
अभियानमा संलग्न एक स्वास्थ्यकर्मीले भने,– सरकारले २५ जनाभन्दा बढी जम्मा नहुनु पनि भनेको छ । खोप लगाउनेहरुको निकै भीड हुन्छ । त्यसले एकखालको डर उब्जाएको छ ।
उनले बिहीबार आफू संलग्न काठमाडौं एक स्वास्थ्य संस्थामा एक हजारभन्दा बढी बालबालिकालाई खोप लगाएको बताए । सरकारले फागुन महिनामा पहिलो चरणको अभियान सम्पन्न गरिसकेको छ । यो दोस्रो तथा अन्तिम चरण हो ।
पहिलो चरण अर्थात फागुन महिना भर प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लामा यो अभियान सञ्चालन भएको थियो । जसअन्तर्ग ती जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार