८ जेष्ठ २०८१, मंगलवार

च्याउखेतीका सफल कमल



जुगेडा, धनगढी । आर्थिक अवस्था निकै कमजोर भएका कारण उनले साथ कक्षासम्म मात्रै पढ्न सके । युवावस्थामा पुगेपछि उनी कामको खोजीमा लागे । करिब २० वर्षअघि उनले एक सय ५० रुपैया“ सापटी लिएर तरकारी खेती शुरु गरे । तरकारी खेती फष्टाउ“दै गएपछि उनले २०६५ सालमा च्याउखेती शुरु गरे । अहिले उनी सुदूरपश्चिम प्रदेशकै अग्रणी च्याउ किसान बनेका छन् ।
उनी, अर्थात्, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा “बी’ गाउ“का कमल घर्तिमगर । २० वर्षअघि डेढ सय रुपैया“ ऋण लिएर आफ्नो सानो बारीमा तरकारी खेती शुरु गरेका कमल अहिले वार्षिक झण्डै एक करोड रुपैया“ बराबरको च्याउ तथा तरकारीको कारोबार गरिरहेका छन् ।
कमलले २०६५ सालपछि व्यवसायिक रुपमा च्याउ तथा तरकारी खेती शुरु गरेका हुन् । शुरुमा उनले एक घर बनाएर एक सय ५० पोकाबाट च्याउखेती आरम्भ गरेका थिए । यस वर्ष उनीसंग च्याउखेतीका लागि २८ वटा घर रहेका छन् । उनले यस वर्ष २५ टन कन्या र २० टन गोर्बे जातको च्याउ उत्पादन हुने जानकारी दिए । कमलले गत वर्ष १० टन गोर्वे र २० टन कन्या जातको च्याउ उत्पादन गरेर तीस लाख रुपैया“ आम्दानी गरेको बताए । उनले यस वर्ष ५० लाख रुपैया“ आम्दानी हुने अपेक्ष“ गरेको बताए ।
कमलले २०७१ सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ बी गाउ“ जुगेडामा ओम केदार च्याउ तथा तरकारी फार्म दर्ता गरेका छन् । उनले अहिले च्याउ प्रशोधन केन्द्र समेत संचालनमा ल्याएका छन् ।
कमलले २०७३ सालमा एसियाली विकास बैंकको अनुदान सहयोग रहेको साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिज्म एफपी) को ४२ लाख र आफ्नो एक करोड आठ लाख रुपैया“को लगानीमा प्रशोधन केन्द्र सञ्चालमा ल्याएका छन् । उनले अहिलेसम्म च्याउखेतीका लागि दुई करोड ५० लाख रुपैया“ बढि लगानी गरिसकेका छन् ।
कमलको च्याउ उद्योगमा गोब्रे च्याउको क्यानिङ अथवा प्याकेजिङ गर्ने काम पनि भइरहेको छ । उनको च्याउ उद्योगमा क्यान च्याउ, च्याउको अचार, सुप र सुकुटी समेत उत्पादन भइरहेको छ । उनको च्याउ उद्योगमा प्रतिघण्टा साढे २ क्विन्टल च्याउ सुकाउने र प्रतिघण्टा ५ क्विन्टल गोबे्र च्याउ क्यानिङ गर्न सक्ने क्षमता रहेको छ ।
उनले कृषि ज्ञानकेन्द्रको सहयोगमा च्याउको वीऊ उत्पादनका लागि प्रयोगशाला बनाएका छन् ।
कमलले धनगढी सहित कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, नेपालगञ्ज र काठमाडौमा च्याउ र तरकारीं बिक्री गरिरहेका छन् भने छिमेकी मुलुक भारतमा समेत च्याउ निर्यात गर्दै आएका छन् ।
कमलले सात कक्ष“सम्म मात्रै औपचारिक शिक्ष“ आर्जन गरेका छन् । उनले भारतका तीन वटा प्रख्यात कृषि विश्वविद्यालयबाट प्राविधिक ज्ञान लिएका छन् ।
उनको आठ जनाको परिवार रहेको छ । उनको च्याउ उद्योगले ६० जनालाई आंसिक रोजगारी दिँदै आएको छ ।
उनले च्याउ तथा तरकारी खेतीका लागि दुई बिघा जमिन भाडामा लिएका छन् । उनले आफ्नो सहित कुल तीन बिघा जमिनमा च्याउ र तरकारी खेती गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार