७ जेष्ठ २०८१, सोमबार

निङ्लाडीमा कालिजपालन



धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जना युवाले चुरे गाउँपालिका वडा नम्बर ५, निङ्लाडीमा जंगली चरा कालिज पालन शुरु गरेका छन् ।
उनीहरूले १० लाख रुपैयाँको लागतमा जंगली चरा कालिज पालन गरिरहेका छन् । उनीहरूको फार्ममा एक सय ५० कालिज रहेका छन् ।
नेपाल सरकारको पंछी संरक्षण विभागबाट अनुमति लिएर पोखराबाट “इजिप्ट’ देशका कालिजको चल्ला ल्याएर पालेको सो फार्मका जेटिए श्याम चौधरीले बताए ।
नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेकाले सरकारले संरक्षित सूचिमा राखेको छ । यी चरालाई मार्न पाइदैन । नेपाली प्रजातिका कालिज फार्ममा राखेर पाल्न पनि पाइदैन । तर, निङ्लाडीमा पालिएका कालिज विदेशी प्रजातिको रहेको जेटिए चौधरीले बताए ।
उनले यी कालिजको मुल थलो “ईजिप्ट’ रहेकोले नेपाल सरकारले व्यवसायिक रुपमा पाल्ने अनुमति दिने गरेको बताए ।
शुरुमा करिब चार रोपनी जमीनमा फार्म बनाएर कालिज पालिएकोमा थप २२ रोपनी जमीनमा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
सुदूरपश्चिममै पहिलो पटक शुरु गरिएको कालिज पालनबाट राम्रो आय हुन सक्ने सम्भावना रहेको जेटिए चौधरीले बताए ।
उनले अहिले कालिजहरूले “अण्डा’ दिन थालेको बताए । एउटा पोथी कालिजले ६० वटासम्म अण्डा दिने बताउ“दै उनले दैनिक एक अण्डा दिने कालिजले बैशाख÷जेठमा चल्ला कोरल्ने बताए ।
कालिजका अण्डाहरू फार्म मै ह्याचरी स्थापना गरेर चल्ला निकालिने उनले बताए ।
कालिज जंगली चरा हो । यो चरा कुखुरा जस्तै हुने भएकाले कतै कतै यसलाई “वन कुखुरा’ वा “वन मुर्गी’ पनि भनिन्छ । कालिजहरू प्रायः पहाडी क्षेत्रको जंगलमा पाइन्छन् । सिकारीहरूका कारण कालिज लोप हुने अवस्थामा पुगेपछि सरकारले संरक्षित चराको सूचिमा राखेको छ ।
कालिजका पनि कुखुरा जस्तै ठूलो समूहमा चल्लाहरू हुन्छन् । कालिजले प्रायः बैशाख र जेठमा चल्ला कोरल्छन् । मंसिर, पुससम्म चल्लाहरू एक समूहमा बस्ने गर्छन् भने फागुन लागेपछि कालिजहरू भाले पोथीको जोडी बनाएर बस्छन् ।
कालिज प्रायः ३० डिग्री भन्दा कम ताप भएको क्षेत्रमा वस्ने भएकाले काजिल पालनका लागि चुरे पहाड रोजिएको जेटिए चौधरीले बताए ।
कालिजको मासु अरु पंछी भन्दा स्वादिष्ट र स्वास्थ्यका लागि लाभदायक हुने भएकाले सुदूरपश्चिम प्रदेशमा कालिजको माग बढेको उनको अनुभव छ । उनले कालिजको मासु र अण्डा अरु पंछीभन्दा महंगोमा विक्री हुने भएकाले पनि कालिज पालनबाट राम्रो आम्दानी लिन सकिने बताए ।
कालिज प्रजातिका चरामा रोग प्रतिरोधी क्षमता अधिक हुने भएकाले रोग लाग्ने सम्भावना कम हुने भएकाले पाल्न पनि सहज रहेको उनले बताए ।
कालिजलाई दाना र घाँस दुबै दिएर पाल्न सकिने भएकाले आहारामा समेत कम खर्च लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार