१८ बैशाख २०८१, मंगलवार

मापदण्डमा रहेर वन व्यवस्थापन गर : संसदीय समिति



बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका सामुदायिक वन उपभोक्ता समितिहरूलाई मापदण्डमा रहेर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयको सहकार्यमा कैलाली र कञ्चनपुरका वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका सामुदायिक वन समुहहरूले मापदण्ड मिचेको गुनासो बढेपछि समितिले स्थलगत अनुगमन गरेको थियो ।
प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले चैत पहिलाे साता चार दिन लगाएर कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएका सामुदायिक वनहरूको स्थलगत अनुगमन गरेको थियो ।
अर्थ समितिका सभापति हर्कबहादुर कुँवरले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएका केही सामुदायिक वनमा केही कमीकमजोरी रहेको पाइएको बताए ।

सभापति कुँवरलले भने– केही सामुदायिक बनमा कमीकमजोरी रहे पनि धेरैजसो सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको अवधारणा अनुसार संरक्षण भइरहेको पाइएको छ ।
“वैज्ञानिक वन व्यवस्थापनको अवधारणा अनुसार अघिल्ला वर्षहरूमा कटान गरिएका प्लट (स्थान) मा विरुवाको पुनःउत्पादन भएको छ । राम्रोसंग सरसफाई गरेका सामुदायिक वनमा नया“ विरुवा राम्ररी उम्रेका छन्” सभापति कुँवरले भने– नयाँ विरुवा आएको ठाउ“मा विरुवा हुर्किनका लागि काटछाट गर्नुपर्ने देखिएको छ । अधिकांश वनमा मापदण्ड अनुसार कटानी भएर नया“ विरुवा हुर्किरहेका छन् ।
अधिकांस सामुदायिक बन समुहका उपभोक्ताहरूले वनको आम्दानीबाट सडक, पुल, स्कुल, खानेपानी, आयआर्जन लगायत कार्यमा लगानी गरिरहेको बताए । सभापति कु“वरले भने– वैज्ञानिक वन व्यवस्थापनको बारेमा स्थानीय उपभोक्ता जानकार रहेकोले वनको संरक्षण र सम्वद्र्धनमा टेवा पुगेको छ ।
संघीय सरकारको नीति अनुरुप लागू भएको वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई प्रदेश सरकारले सघाउने अर्थ समितिले जनाएको छ ।
अनुगमन टोलीमा रहेका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य महेशदत्त जोशीले उमेर पुगेर धोद्रिदै गएका रुखहरू निकाल्नुको विकल्प नरहेको बताए । उनले वनमै काठ कुहिन दिनुभन्दा काटेर उपयोग गर्नु राम्रो रहेको बताए । उनले पुराना रुख निकाल्दा नया“ बोट आउने ठाउँ खुल्ने भएकाले वैज्ञानिक वनको अवधारणा ठीक रहेको बताए ।
कैलाली डिभिजन वन कार्यालयका अनुसार कैलाली जिल्लामा ६२ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापना कार्ययोजना लागू भएको छ ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार सामुदायिक वनलाई आठ प्लटमा विभाजन गरी प्रत्येक प्लटलाई १० सेक्सनमा बा“डेर व्यवस्थापन गरिन्छ ।
बन निर्देशक बिष्टले हरेक प्लटमा क्षेत्रफल र रुख संख्याको आधारमा काटिने रुखको संख्या निकाल्ने गरेको र माऊ रुखलाई छोडेर रुख काट्ने गरेको बताए । उनले यसरी काटिएको सेक्सनमा नयाँ विरुवा आउनका लागि वातावरण तयार हुने गरेको बताए ।

सांसद चौधरीको प्रश्न– वैज्ञानिक वनमा कसरी रुख कटानी भइरहेको छ ?

धनगढी । राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले राष्ट्रिय सभामा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएका वनमा रुख कटानीबारे प्रश्न उठाएका छन् ।
“वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएका वनमा कसरी रुख कटानी भइरहेका छन् ?’ राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसद चौधरीले भने– सम्बन्धित मन्त्रालय र निकायहरूले कसरी अनुगमन र निरीक्षण गरिरहेका छन् ?
सांसद चौधरीले कैलालीका वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएको वनबाट साढे तीनदेखि साढे चार लाख क्युफिट काठ निस्किने बताए । उनले सही ढंगले अनुगमन तथा निरीक्षण नभएकाले जनतामा वैज्ञानिक वन व्यवस्थापन ठीक र बेठिक भन्ने दुईथरी बुझाई रहेको चर्चा गरे ।
सांसद चौधरीले मुक्त कमैयाहरू बसेको वन क्षेत्र, अतिक्रमित वन क्षेत्र र सडकमा परेका वन व्यवस्थापनको विषयमा समेत राष्ट्रिय सभामा प्रश्न उठाए ।
उनले सडक क्षेत्रमा परेका रुखहरू नउठाउ“दा सडक निर्माण लगायतमा कठिनाई उत्पन्न भएको बताए । उनले सडक, मुक्त कमैया शिविर र अतिक्रमित क्षेत्रमा रहेका रुखहरूलाई व्यवस्थित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार