५ कार्तिक २०८१, सोमबार

चैते धानखेती विस्तार लक्ष्य घट्दै



धनगढी । सुदूरपश्चिम प्रदेशमा चैते धान खेती विस्तार कार्यक्रमको वार्षिक लक्ष्य वर्षेनी घट्दै गएको छ ।
तराई तथा भित्रि मधेश क्षेत्रमा चैते धान उत्पादनको राम्रो सम्भावना रहे पनि किसानहरू आकर्षित नभएका कारण वार्षिक लक्ष्य कम हु“दै गएको छ ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशका छ वटा जिल्लामा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो ।
मन्त्रालयले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम र बैतडीमा गरी एक हजार हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो । मन्त्रालयले कैलालीमा पा“च सय २५ हेक्टर, कञ्चनपुरमा चार सय हेक्टर, डोटी, अछाम र बैतडीमा २५÷२५ हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो ।
चालू आर्थिक वर्षमा मन्त्रालयको मातहतमा रहेका कृषि ज्ञानकेन्द्र कञ्चनपुरमार्फत दुई जिल्लामा चैते धान खेती विस्तार गर्ने कार्यक्रम बनाएको थियो ।
कृषि ज्ञानकेन्द्रले सोही अनुसार चालू आर्थिक वर्ष धानखेती विस्तार लक्ष्य घटाएर दुई जिल्लाको पा“च सय हेक्टरमा चैते धानखेती विस्तार गर्ने कार्यक्रम बनाएको थियो । कृषि ज्ञानकेन्द्रले सूचना जारी गर्दै आवेदन माग गरे पनि लक्ष्य अनुसार किसानको सहभागिता भने भएको छैन ।
कैलाली र कञ्चनपुर गरी ७० हेक्टरका लागि मात्र आवेदन परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले कैलालीबाट एक सय नौ र कञ्चनपुरका १६ जना किसानले मात्र चैते धान खेतीका लागि आवेदन दिएको जानकारी दिए ।
गत आर्थिक वर्ष २०७५÷७६ मा कैलाली र कञ्चनपुर गरी २४ बिघा नौ कठ्ठा जग्गाका लागि मात्र आवेदन परेको थियो ।
२०७३ सालमा संघीय कृषि मन्त्रालयले कैलाली जिल्लामा चैते धान खेती विस्तार कार्यक्रम लागू गरेको थियो, तर त्यस वेला पनि लक्ष्य अनुसारको आवेदन आएका थिएनन् ।
२०७२ सालमा नौ सय हेक्टरमा चैते धान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा एक सय ४७ हेक्टर र २०७३ सालमा तीन सय हेक्टरमा चैते धान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा दुई सय ३० हेक्टरमा मात्रै खेती गर्न आवेदन परेको थियो ।
बढी पानी जम्ने (खल्ला), नहर क्षेत्र तथा डुवान हुने क्षेत्रमा चैते धान बढी उत्पादन हुने गरेको कृषि प्राविधिकहरू बताउ“छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार कैलालीको भजनी, टीकापुर र कञ्चनपुरको पुनर्बास नगरपालिका, बेल्डाडी गाउ“पालिकामा चैते धान खेतीको लागि आवेदन परेको जनाइएको छ ।
चैते धान खेती विस्तार कार्यक्रम अन्तर्गत किसानलाई वीऊमा ५० प्रतिशत अनुदानको व्यवस्था रहेको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जोशीले विगतमा वीऊमा सशर्त अनुदानको व्यवस्था भएकोमा चालू आर्थिक वर्ष ५० प्रतिशत मात्र अनुदानको व्यवस्था भएका कारण किसानहरूले आवेदन नदिएको बताए ।
उनले यसका अतिरिक्त अपेक्षा गरेअनुसार मूल्य नपाउने भएकाले पनि किसानहरू आकर्षित हुननसकेको बताए । उनले भने– किसानहरूले हाइव्रिड वीऊ माग्छन्, तर हामीले सूचिकृत भएका वीऊमात्र रोप्न आग्रह गर्छौ । यसले गर्दा पनि किसानहरूमा यो कार्यक्रमप्रति आकर्षण बढ्न सकेको छैन ।
उनले सबै ठाउ“मा सिचाइको व्यवस्था नहु“दा पनि किसानहरूलाई समस्या भएको बताए । उनले किसानहरू चैते धान खेती गर्नुभन्दा मुंग, मकै, आलु लगायतका बाली रोप्न चाहने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार