१२ बैशाख २०८१, बुधबार

विश्व नेपाली साहित्य महोत्सवको सन्देश



विश्वका विभिन्न मुलुकका नेपाली भाषी साहित्यकारहरूको सात दिनसम्म धनगढीमा भएको अपूर्व जमघट सुदूरपश्चिम प्रदेशलाई विश्वभरी नेपाली भाषा, साहित्य तथा संस्कृतिको उद्गमस्थलका रुपमा परिचित गर्दै समापन भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भएको यो साहित्य महोत्सवमा सात दिनको अवधिमा भाषा, साहित्य, लोकसंस्कृति, नेपाल बाहिर नेपाली भाषा तथा साहित्यको अवस्था, कविता र गजल, समृृद्धि र स्थानीय तथा प्रदेश सरकारको भूमिका लगायत चार दर्जन बढि अन्तरसंवाद सत्र सञ्चालन भए । यी संवाद सत्रमार्फत नेपाली भाषा, साहित्य तथा संस्कृतिका विविध पाटामा विसद् ब्याख्या, चर्चा भए । सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय तथा जिल्लाका विविध मौलिक संस्कृतिको प्रदर्शन भयो । देशभित्र र भारतका आसाम, सिक्किम, मेघालय, दार्जिलिङ, सिलगुडी, देृहरादून, मणिपुर सहितका विभिन्न शहरका म्यान्मा (बर्मा), अमेरिका लगायतका मुलकका नेपाली भाषाविद्, साहित्य साधक, संस्कृतिकर्मी तथा विज्ञ, कवि, गलजकार, स्थापित पत्रकार, कलाकार लगायतको उपस्थितिले धनगढीले साहित्यिक, सांस्कृतिक शहरको नया“ परिचय पाएको निष्कर्ष गलत हु“दैन । राष्ट्रपति, संस्कृति र बाङ्गमयका धरोहरका रुपमा रहेका शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व प्रधानमन्त्रीहरू, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरू, संघीय तथा प्रदेश संसदका सदस्यहरु, सामाजिक–राजनीतिक विश्लेषक, स्थानीय जनप्रतिनिधि आदिको उपस्थितिले यो महोत्सवको गरिमा उचो बनाएको छ ।
महोत्सवको तयारी हु“दै गर्दा यो आयोजना यति भव्य तथा चर्चाको शिखरमा पुग्छ भन्ने सायद कमैले कल्पना गरेका थिए होलान् । साहित्य महोत्सवमा भाग लिने प्रत्येक अतिथि यसको भव्यता देखेर चमत्कृत भएका छन् । र, साच्चै नै धनगढी सहित सिंगो सुदूरपश्चिम प्रदेश नेपाली भाषा, साहित्य, संस्कृतिको थलो बनेकोमा विमति रहदैन । नेपाली भाषा, साहित्य तथा संस्कृतिको माउ थलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशले यो साहित्य महोत्सवमार्फत विश्वभरी रहेका नेपाली भाषीहरूबीच भावनात्मक तथा भाषिक एकता अझ बढि प्रगाढ गर्न सन्देश प्रवाह गरेको निष्कर्ष पनि अत्युक्ति हुदैन । त्यस्तै यो साहित्य महोत्सवमार्फत सुदूरपश्चिमेलीहरूले अतिथिको सहृदयी मनसहितको स्वागत सत्कार प्रस्तुत गरेका छन् । नेपालमा यति भव्य र ठूलो साहित्यिक महोत्सव पहिलो पटक भएको छ र, यससंगै सुदूरपश्चिम प्रदेश र खास गरेर धनगढीले यस्ता आयोजना गर्ने क्षमता रहेको पुष्टि गरेको छ ।
विश्व नेपाली साहित्य महोत्सवको सफल आयोजनाले सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिप्रति अहिलेसम्म राजधानी तथा अन्य जिल्ला तथा शहरमा रहेको सोच र व्यवहार परिवर्तन गर्न सकारात्मक दबाव बढाएको छ । सुदूरपश्चिमको मौलिक भाषा तथा संस्कृतिप्रति गरिने अवहेलनाको भाव र व्यवहारमा परिवर्तन गर्न दबाव सिर्जना गर्ने छ । त्यस्तै, नेपालभित्र बोलिने प्रत्येक भाषाको सबैबाट उचित सम्मानका साथै राज्यबाट उचित संरक्षण तथा सम्वद्र्धनका लागि थप जागरण सिर्जना गरेको महसुस भएको छ । महोत्सवको समापनसंगै जारी भएको धनगढी घोषणापत्रले आगामी वर्ष धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना गर्ने घोषणा गर्नु महोत्सवको अर्को उल्लेख्य उपलब्धी बनेको छ । समग्रमा यो महोत्सव नेपाली भाषा र साहित्यलाई महाभाषा तथा महासाहित्यका रुपमा स्थापित गर्नेतर्फ ठोस पाइला अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार