१२ बैशाख २०८१, बुधबार

धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको रौनक



?

केहीबेरमा राष्ट्रपति भण्डारीद्वारा उद्घाटन ह्ँदै

धनगढी । धनगढीको पुरानो एयरपोर्टस्थित खुला मञ्च दुलही झै सिंगारिएको छ । ठाउँ ठाउँमा गेट बनेका छन् । एउटा पण्डालसहितको स्टेज बनेको छ । अर्को पनि सानो स्टेज बनाइएको छ । पुर्व र उत्तरतिरबाट विश्व नेपाली साहित्य महोत्सवका चार वटा गेट बनेको छ । पश्चिमबाट प्रथम सुदूरपश्चिम खाना महोत्सवको गेट बनेको छ । करिब ३६ वटा स्टल बनेका छन् । ध्वजापंगले खुलामञ्च झकिझकाउ भएको छ ।
सुदूरपश्चिम साहित्य समाजको आयोजना र सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रबद्र्धनमा विश्व नेपाली साहित्य महोत्सव बुधबार (आज) देखि केहीबेरमा शुरु हुँदैछ । धनगढीमा सो महोत्सवको पूर्वसन्ध्यामा रौनकता छाएको छ ।
महोत्सवमा भाग लिन विश्वभरबाट नेपाली भाषी साहित्यकारहरु धनगढी आउन थालेका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालयबाट साहित्यकारहरुको टोली मंगलबार नै धनगढी पुगिसकेको छ ।
आदिकवी भानुभक्त आचार्य बुधबार धनगढी पुग्दैछन् । बुधबार नै ५० जना साहित्यकारहरु विभिन्न देशबाट धनगढी आइरहेका छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि धनगढी आइपुगेको अध्यक्ष जोशीले बताए ।

राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

राष्ट्रिपति विद्यादेवी भण्डारीले विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी बुधबार दिउँसो ११ बजे धनगढी पुगेर महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको साहित्यस समाजले जनाएको छ । उद्घाटनपछि राष्ट्रपति भण्डारीले साहित्य समाजको भवन अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष जोशीले बताए ।
बुधबार दिउँसो प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका मन्त्री, सांसद् र साहित्यकारहरुले राष्ट्रपति भण्डारीलाई साहित्य समाजको भवनमा स्वागत गर्ने छन् । स्वागतपछि राष्ट्रपति भण्डारी महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुने छिन् ।
उद्घाटन कार्यक्रमका लागि राष्ट्रपति भण्डारी पुग्नु भन्दा पहिले धनगढीको त्रिनगर माविबाट सांस्कृतिक झाँकी निकाल्ने तयारी भएको साहित्य समाजले जनाएको छ । झाँकीमा सुदूरपश्चिमका कला, संस्कृति झल्किने नाच, बाजाहरु प्रदर्शन हुने छ भने प्रदेशका विशिष्ट व्यक्तित्व र साहित्यकारहरुको सहभागिता रहने साहित्य समाजले जनाएको छ ।

महोत्सवभरि साहित्यिक गोष्ठी र सांस्कृतिक प्रस्तुती

महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारहरुको सम्वाद, कार्यपत्र प्रस्तुती, टिप्पणी, अनुभव शेयरिङ र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुती हुने आयोजकले जनाएको छ । सम्मेलनमा करिब डेढ सय जना साहित्यसकारहरुको सम्वाद तथा प्रस्तुती रहने कार्यसूचि तयार भएको छ ।

संगै खाना महोत्सव

विश्व नेपाली साहित्य महोत्सवसंगै सुदूरपश्चिम प्रदेशको मौलिक तथा स्थानीय खानाको प्रबद्र्धन गर्न होटल व्यवसायी संघले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सव हुने छ । खाना महोत्सवमा नौ वटै जिल्लामा अत्यधिक उत्पादन हुने मकै, कोदो, बेथे, फापर, जौंका परिकारहरु र प्रदेशमा रहेका विभिन्न जातजातिहरुको खानाहरु महोत्सवका मुख्य आकर्षण रहने आयोजक संघका अध्यक्ष कलम बमले बताए ।
संघले महोत्सवमा २८ वटा खानाका र नौं वटा अन्य वस्तुको स्टल रहने जनाएको छ । महोत्सव स्टल प्रवेश निःशुल्क गरिएको र स्टल समेत निःशुल्क गरिएको संघका महासचिव केशवदत्त पाण्डेयले बताए । उनले महोत्सव स्थल भने अनुगमन तथा मुल्यांकन समितिले तोके बमोजिमको मापदण्ड पुरा गरेको हुनु पर्ने बताए ।
आयोजक संघले बुधबार बिहानै खाना महोत्सव उद्घाटन गर्ने तयारी रहेको छ । संघका अध्यक्ष बमले ९ जिल्लाको प्रतिनिधित्व गर्ने गरी नौ वटा दियो पञ्चकन्याद्वारा बाल्न लगाएर महोत्सव उद्घाटन गर्ने तयारी भएको जनाए । उनले प्रदेशका सबै ९ जिल्लाकै प्रतिनिधि हुने गरी नौं वटा बेलुनको गुच्छा उडाउनुका साथै नरसिंह बजाएर महोत्सव उद्घाटन गरिने बताए ।
‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना, पर्यटन प्रबद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने मुल नाराका साथ आयोजना हुने खाना महोत्सवको समयमा विश्व नेपाली साहित्य सम्मेलन पनि खुलामञ्चमा आयोजना हुने भएको छ । सम्मेलनमा विदेशमा रहने नेपाली साहित्यकार समेत आउने भएकाले सुदूरपश्चिमको खानाको प्रचार उनीहरुमार्फत् विदेशमा हुने र पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको विश्वास छ ।


संघका अध्यक्ष बमले महोत्सवमा प्रदेशको स्थानीय उत्पादन प्रयोग गरी बनाएर खानाको परिकारलाई प्राथमिकता दिइएकाले प्रदेश बाहिर र विदेशमा समेत ति उत्पादनहरुको माग बढ्ने र स्थानीय उत्पादन निर्यातमा समेत सहयोग पुग्ने विश्वासले महोत्सव आयोजना गर्ने तयारी गरेको बताए । उनले महोत्सवमा राखिएका स्टलहरुबाट सुदूरपश्चिमको मौलिक परम्परा, भेषभुषा, संस्कार र संस्कृति झल्किने बताए । उनले त्यसबाट आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
महोत्सवबाट सुदूरपश्चिम प्रदेशको खाना स्वास्थ्य बद्र्धक, अर्गानिक र स्वादिष्ट रहेको विश्वास विदेशसम्म पु¥याउने र विदेशी पर्यटकहरुलाई सुदूरपश्चिम आउन लोभ्याउने अध्यक्ष बमले बताए । उनले महोत्सवमा प्लाष्टिक पूर्ण रुपमा निषेध गरिएकाले स्थानीय दुना, टपरी र बोहतामा खाना सर्भ गरिने बताए ।
संघले ग्लोबल नेप्जिल सेफ फेडेरेशनका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारी टोली धनगढीमा आएर सुदूरपश्चिमको खानाहरुबारे अध्ययन थालेको जनाएको छ । संघका अध्यक्ष बमका अनुसार भण्डारीले सुदूरपश्चिमको हालसम्मकै ठूलो भक्के रोटी, सिंगै खसीको वार विक्यु र एक हजार लिटरको भाँडोमा फाँडो पकाउने तयारी गरेका छन् ।
उनले पोखराको पख्र्यात बार टेण्डर्स समेत प्रदर्शन गर्ने तयारी भएको बताए । साथै महोत्सवमा साँझ ४ बजेदेखि हरेक दिन सुदूरपश्चिमको सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष बमले बताए ।

तीन साहित्यकारको शालिक स्थापना

संस्कृति, भाषा, साहित्य र पर्यटनलाई एक ठाउँमा राखेर प्रबद्र्धन गर्न सके प्रदेशको आर्थिक विकास पनि सम्भव ः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम साहित्य समाजले समाजले तीन जना साहित्यकारहरुको शालिक स्थापना गरेको छ ।
आदिकवि भानुभक्त आयार्य, नाटककार पहलमानसिंह स्वाँर र मावनतावादी राजा तथा नेपाली व्यवाकरणका जन्मदाता जयपृथ्वी सिंहको शालिक स्थापना गरेको हो । साहित्य समाजको धनगढीस्थित प्रांगणमा स्थापना गरिएको शालिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार अनावरण गरे ।
आदिकवी आचार्यको सालिक साहित्य समाजले, नाटककार स्वाँरको शालिक उनको परिवारले र राजा सिंहको शालिक धनगढीका योगेन्द्र शाहीले निर्माण गरेका हुन् । अनावरणपछि मुख्यमन्त्री भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायतले शालिकमा माल्यार्पण गरेका थिए ।
साहित्य समाजको आयोजनामा बुधबारदेखि शुरु हुने विश्व नेपाली साहित्य महोत्सवको पूर्व सन्ध्यामा आयोजित शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री भट्टले संस्कृति, भाषा, साहित्य र पर्यटनलाई एक ठाउँमा राखेर प्रबद्र्धन गर्न सके प्रदेशको आर्थिक विकास पनि सम्भव रहेको बताए । उनले सुदूरपश्चिमको संस्कृति, रहनसहन, र लवाईखवाई सबै भन्दा फरक रहेकाले यहाँ संस्कृतिक पर्यटनको सम्भावना बढि रहेको बताए । उनले नेपाली भाषा, साहित्यको उद्गम थलो सुदूरपश्चिम रहेकाले सुदूरपश्चिममा भाषा, संस्कृतिको पर्यटन समेत हुन सक्ने बताए । उनले भाषा, संस्कृति, साहित्यको संरक्षण गर्दै प्रबद्र्धन गरी पर्यटक भित्र्यानतिर लाग्न आवश्यक रहको बताए ।


मुख्यमन्त्री भट्टले महोत्सवको सफलताको शुभकामना दिंदै साहित्य समाजले सुदूरपश्चिमको साहित्य र कला विश्वमै चिनाउन ठूलो आँट गरेको भन्दै प्रसंशा गरे । उनले यस सहासमा प्रदेशबासी सबैले सहयोग गर्न आवश्यक रहेको बताउँदै प्रदेश सरकारले पनि गर्न पर्ने सबै कामका लागि सधैं तयार रहेको बताए ।
साहित्य समाजका अध्यक्ष रामलाल जोशीले साहित्य समाजको प्रांगणमा शालिक बाटिका स्थापना गर्ने योजना रहेको बताए । उनले एक एक गर्दै साहित्यका प्रख्यात व्यक्तित्वहरुको शालिक स्थापना गर्दै जाने बताए ।
नेपाली भाषाको उद्गम थलो सुदूरपश्चिमलाई विश्वरंग मञ्चसम्म पु¥याउनका लागि विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिएको बताए । उनले विश्वमा छरिएर रहेका नेपाली भाषी साहित्यकारहरुलाई नेपालीको उद्गम थलोमा ल्याएर उनीहरुको अनुभव महोत्सवमा साँटिने बताए ।
त्यसका लागि एक वर्षदेखि तयारी गरिरहेको बताउँदै तयारी गर्नुपुर्व नेपालका १२ र भारतका १२ स्थानमा सुदूरपश्चिम कला साहित्य प्रदर्शन गरिएको बताएको अध्यक्ष जोशीले बताए । उनले महोत्सवबाट सुदूरपश्चिमको भाषा साहित्यको सन्देश विश्वभर छरिएर जाने विश्वास लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार