१४ बैशाख २०८१, शुक्रबार

विश्व नेपाली साहित्य महोत्सव : लोगो र कार्यक्रम तालिका सार्वजनिक



धनगढी । आगामी १४ गतेबाट शुरु हुने विश्व नेपाली साहित्य महोत्सव, २०७६ को लोगो तथा कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।
महोत्सव आयोजक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको लोगो तथा कार्यक्रम तालिका सार्वजनिक गरियो ।
समाजका अध्यक्ष रामलाल जोशी, सल्लाहकार महेश्वर पाठक, मुल आयोजक समिति संयोजक यज्ञराज उपाध्याय तथा सञ्चार उपसमिति संयोजक मनमोहन स्वारले संयुक्त रुपमा लोगो तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए ।
कार्यक्रम तालिका अनुसार १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट महोत्सवको उद्घाटन हुने छ । महोत्सवको औपचारिक उद्घाटनअघि त्रिनगर माविको प्रांगणबाट बाजागाजा र झा“कीसहितको ¥यालीले बजार परिक्रमा गरेर कार्यक्रमस्थलमा पुग्ने उल्लेख छ ।
महोत्सव उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न सांस्कृतिक झा“की प्रदर्शन हुने छ । त्यस्तै, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्री, भारत सिक्किमका पूर्व मुख्यमन्त्री तथा बरिष्ठ साह्रित्यकार डाक्टर पवन चामलिङ लगायतका विशिष्ट स्रस्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम पुस्तिकामा उल्लेख छ ।
महोत्सवमा साहित्य, कला, भाषा, संस्कृति, राजनीति र विकास लगायतका विषयमा ४३ बढि बहस सत्र सञ्चालन हुने छन् ।
महोत्सवमा देशभित्र र विश्वका विभिन्न मुलुकका नेपाली भाषी साहित्यकारहरू समेत पा“च सय बढिको सहभागिता रहने जनाइएको छ । महोत्सवमा भारतको आसाम, नागाल्याण्ड, मिजोरम, सिक्किम, उत्तराखण्ड, पश्चिम बंगाल सहितका विभिन्न राज्यका साथै बर्मा, अष्टे«लिया, अमेरिका सहितका मुलुकबाट नेपाली भाषी साहित्यकारहरू सहभागी हुनेछन् ।
“नेपालमा पहिलो पटक विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको जमघट हुदैछ” कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जोशीले भने– यो हामीतपाईं सबैको कार्यक्रम हो, त्यसैले यसलाई सफल बनाउन सबैको योगदानको आवश्यकता छ ।
उनले विश्वभरी नेपाल तथा सुदूरपश्चिम प्रदेश, नेपाली भाषा, संस्कृतिलाई चिनाउने निकै महत्वपूर्ण अवसरका रुपमा महोत्सव रहेको चर्चा गरे । उनले भने– नेपाली भाषा तथा संस्कृतिको माउथलो सुदूरपश्चिम प्रदेशमा विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको सहभागितामा साहित्यिक महोत्सव हुनु सबैका लागि गौरवको विषय हो ।
कार्यक्रममा मुल आयोजक समितिका संयोजक उपाध्यायले सुदूरपश्चिम प्रदेशलाई विश्वभरी चिनाउने महत्वपूर्ण अवसर आएको चर्चा गरे ।
संयोजक उपाध्यायले भने– सुदूरपश्चिम प्रदेश देवभूमी हो । नेपाली भाषा, संस्कृतिको उद्गमस्थलका रुपमा रहेको यो प्रदेशलाई विश्वसामु कुन रुपमा चिनाउने भन्ने हामीतपाईंको प्रस्तुतिमा भर पर्छ । उनले विश्वभरी सुदूरपश्चिम तथा नेपाललाई भाषा र साहित्यको धनी तथा सुसभ्य मुलुकका रुपमा स्थापित गर्न सबैमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार