१२ श्रावण २०८१, शनिबार

खप्तड गोल्डकप : एपिएफ क्वाटरफाइनलमा प्रवेश



धनगढी । धनगढीमा जारी नेपाल आइस खप्तड गोल्डकपमा विभागीय टिम एपिएफ क्वार्टर फाइनलमा पवेश गरेको छ । एपिएफले ए डिभिजनको टिम एनआरटीलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा अघि बढायो ।
धनगढी रंगशालामा शनिबार भएको रोमाञ्चक खेलमा एपीएफका रमेश दंगाल र बिकु तामाङले एक एक गोल गरेका थिए । एनआरटीका तर्फबाट दर्शन गुरुङले एक गोल फर्काएका थिए ।
खेलमा पहिलो गोल भने एनआरटीले नै गरेको थियो । खेलको ३९ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । उनले टिम कप्तान प्रकाश बुढाथोकीको पासलाई गोलमा परिणत गरेका थिए ।
खेलको पहिलो हाफसम्म एनआरटीको नियन्त्रणमा खेल रहे पनि दोस्रो हाफमा भने एपिएफले राम्रो प्रदर्शन ग¥यो । खेलको ६१ औं मिनेटमा रमेशले सुदिप सिख्राकारको कर्नरमा रमेशले हेड गोल गरे भने ६७ औं मिनेटमा बिकुले एपीएफका लागि निर्णायक गोल गरे ।
खेलको म्यान अफ द म्याच एपीएफका रमेश बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार