१० श्रावण २०८१, बिहीबार

पर्यटक लोभ्याउँदै, एयरक्राफ्ट म्युजियम



धनगढी । ‘यस म्यूजियमले पाइलट बेद उप्रेतीको सोंचलाई सधैका लागि जीवित राख्ने छ । साथ–साथै सुदूरपश्चिम क्षेत्रलाई विकासका दृष्टिकोणले हेर्ने विश्वको सम्पूर्णलाई उत्प्रेरणा गराउने र यहाँका सम्भावनाहरुलाई जीवन्त दिने छ’ धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा राखिएको एयरक्राफ्ट म्यूजियम अवलोकनपछि दार्चुला नगरपालिका वडा नम्बर ५ का लेखप्रसाद अवस्थीको लिखित प्रतिक्रिया हो यो ।
‘यहाँ अवलोकन गर्दा निकै राम्रो लागेको छ । विश्वकै पहिलो एयरक्राफ्ट म्यूजियमले हाम्रा बालबालिका धेरै मनोरञ्जन र विमान तथा पर्यटकीयस्थल सम्बन्धी शिक्षा प्रदान गरेको छ । यसलाई सुदूरपश्चिममा स्थापना गर्नुभएकोमा धन्यवाद छ’ कैलालीको लम्कीकी पुजा बडेलाले म्यूजियम अवलोकनपछि प्रतिक्रिया दिइन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा वेद उप्रेती ट्रस्टमार्फत २०७० साल बैशाखमा ‘कस्मिक एयरको पुरानो फोकर १००’ ग्राउण्डेड विमान ल्याइयो । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन तथा यहा“को परिचयको दायरालाई फराकिलो बनाउन उद्देश्यसहित एक करोड रुपैया बढि लगानीमा म्यूजियम सञ्चालनमा ल्याइएको थियो ।
सो म्यूजियम अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले स्मरणीय रहेको प्रतिक्रिया दिने गरेका छन् । म्यूजियममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका उच्च पदस्थ व्यक्तित्वहरुले पनि यो एयरक्राफ्ट म्युजियमको अवलोकन गरिसकेका छन् । त्यस्तै, म्यूजियम हेर्न बिराटनगर, इलाम, झापा, काठमाडौं लगायतका शहरका साथै भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने गरेको म्युजियम सञ्चालक क्याप्टेन उप्रेतीले बताए । वेद बरिष्ट विमानचालक हुन् ।
संग्रहालयमा विमानका आविस्कारक राइट दाजुभाईले १७ डिसेम्बर १९०३ मा निर्माण गरेको विमानदेखि पाइलटरहित आधुनिक विमान ड्रोनका तस्वीर साथै नागरिक र मिलिट्री मोडेलका गरी दुई सय बढी मोडेलका विमानहरु अवलोकनका लागि राखिएको उनले जानकारी दिए ।
सुदूरपश्चिमका पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल, यहा“को कलासंस्कृति तथा आधुनिक प्रविधिबाट ‘क्यानभास प्रिन्ट र फ्रेमिङ’ भएका तस्वीरहरू समेत संग्राहलयमा राखिएका छन् । म्यूजियममा पाईलटको डे«स लगाएर फोटो खिच्न सकिने, विमानका इतिहासका बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।
क्याप्टेन उप्रेतीका अनुसार अहिलेसम्म टिकट लिएर एयरक्राफ्ट म्यूजियम अवलोकन गरेका दर्शक÷पर्यटकको संख्या एक लाख बढि पुगेको छ । त्यस्तै, म्यूजियम स्थलमा अहिलेसम्म पा“च लाख बढिले भ्रमण गरिसकेका छन् ।
म्युजियम अवलोकनका लागि एक सय रुपैया“ शुल्क तोकिएको छ । विद्यार्थीका लागि भने आधा अर्थात् ५० शुल्क तोकिएको छ ।
क्याप्टेन उप्रेतिका अनुसार म्यूजियम सञ्चालनबाट प्राप्त मुनाफाको केही हिस्सा कैलाली जिल्लाका क्यान्सर पीडितलाई प्रदान गरिएको छ । उनले हालसम्म क्यान्सर पीडितलाई पा“च लाख रुपैया सहयोग गरिएको बताए ।

म्युजियमका लागि नयाँ स्थान खोज्दै

२०७० सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित व्यक्तिको जग्गा लिजमा लिई स्थापना गरिएको एयरक्राफ्ट म्यूजियम अब नया“ स्थानको खोजिमा जुटेको छ । हाल एयरक्राफ्ट म्युजियम राखिएको जग्गाको सम्झौता मिति सकिन लागेकोले म्यूजियम कहा“ राख्ने भन्ने अन्योल भएको क्याप्टेन उप्रेतीले बताए ।
उनले भने– यो जग्गाको सम्झौता मिति आगामी असार महिनाभित्र सकिदैछ । उनले म्यूजियम धनगढीमै राख्ने प्रयास भइरहे पनि जग्गा उपलब्ध हुन नसकेको बताए । उनले भने– मेरो पहिलो प्राथमिकता धनगढी मै राख्ने भन्ने हो । तर, यहा“ जग्गा नपाए महेन्द्रनगर वा बुटवलमा सार्ने योजना छ । उनका अनुसार महेन्द्रनगर तथा बुटवलमा जग्गाको व्यवस्था हुने सम्भावना रहेको छ।
क्याप्टेन उप्रेतीले काठमाडौंमा पनि एयरक्राफ्ट म्यूजियम स्थापना गरेका छन् । उनले छिट्टै महेन्द्रनगरमा पनि म्यूजियम स्थापना गर्ने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार