१० श्रावण २०८१, बिहीबार

खाद्य अभाव भएका स्थानमा डिपो स्थापनाको माग



धनगढी । बझाङबाट समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य आशा विकले प्रतिनिधि सभाको बैठकमा बझाङको साइपाल गाउ“पालिकामा खाद्यान्न अभाव भएकोले तत्काल खाद्यान्नको व्यवस्था गर्न माग गरिन् ।
गत मंगलबार (माघ २८ गते) को प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सांसद विकले साइपाल गाउ“पालिकामा मंसिर २८ गतेदेखि माघ महिनाको अन्तिम सातासम्म छ पटक भारी हिमपात भएकाले खाद्यान्न संकट बढेको बताइन् । उनले माग गरिन्– साइपाल गाउ“पालिकामा तत्काल हेलिकोप्टरमार्फत खाद्यान्न ढुुवानीको व्यवस्था गर्नुप¥यो ।
पटकपटकको हिमपात तथा वर्षाका कारण बझाङका विभिन्न स्थानीय तहमा खाद्यान्न अभाव बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, दार्चुला र बाजुरा हरेक वर्ष खाद्यान्न अभाव हुने जिल्लाका रुपमा रहेका छन् । ती जिल्लाका बढि खाद्यान्न अभाव हुने क्षेत्रमा खाद्य डिपो राख्नका लागि पटकपटक माग हुदै आएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको जारी हिउ“दे अधिवेशनमा ती जिल्लाको प्रतिनिधि गर्ने प्रदेश सभा सदस्यहरूले खाद्य अभावको अवस्थाबारे चर्चा गर्दै खाद्य डिपो स्थापनाको माग दोहो¥याएका छने । दार्चुला निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य मानबहादुर धामीले सून्य समयमा माग गरे– दार्चुलाको ब्यास गाउ“पालिकामा खाद्य अभाव बढेको छ । त्यसैले वडा नम्बर १ मा तत्काल खाद्य डिपो स्थापना गर्नुप¥यो ।
बझाङ र दार्चुला जिल्लाका हिमाली क्षेत्रमा वर्षौदेखि खाद्य डिपो स्थापनाको माग भइरहेको छ । स्थानीयको मागलाई दृष्टिगत गर्दै धनगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले हरेक वर्ष खाद्य डिपो स्थापनाका लागि उपल्लो निकायमा पत्राचार गर्दै आएको छ ।
कम्पनीका धनगढी कार्यालय प्रमुख अनिलकुमार श्रेष्ठले शुक्रबार अनुमोदन दैनिकसंग भने– हामीले हरेक वर्ष माग भएका स्थानमा डिपो स्थापनाका लागि विभागमा पत्र पठाएका छौं, तर विभागले यसप्रति चासो दिएको देखिएको छैन ।
कम्पनीले आर्थिक वर्ष २०७१÷७२ मा नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको धनगढी कार्यालयले बझाङको साविक का“डा गाविसमा खाद्य डिपो स्थापनाका लागि पत्राचार गरेको थियो ।
कम्पनीका अनुसार दार्चुलाको लेकम, सिफ्टी र छाङ्गु, बझाङको कफलसेरी र दहबगरमा खाद्य डिपो स्थापनाका लागि पत्राचार भइसकेको छ ।
कम्पनीका धनगढी कार्यालय प्रमुख अनिलकुमारले भने– जुन क्षेत्रमा खाद्यान्न अभाव हुने सम्भावना देखिन्छ, त्यहाको सिफारिसका आधारमा हामीले विभागमा खाद्य डिपो स्थापनाका लागि अनुरोध गर्ने गरेका छौं ।
बझाङको साइपाल गाउ“पालिकाको वडा नम्बर १ र २ मा केही दिनअघि एक हजार क्विन्टल चामल ढुवानी गरिए पनि वडा नम्बर ३, ४ र ५ मा ढुवानी गर्न समस्या देखिएको गाउ“पालिका अध्यक्ष राजेन्द्र धामीले बताए । अध्यक्ष धामीका अनुसार वडा नम्बर ३, ४ र ५ जाने बाटोमा पर्ने नाघ्ना डा“डामा अझैं छ फिट बाक्लो हिउ“ जमेकाले खच्चर, भेडा हिड्न सकिने अवस्था छैन ।
कम्पनीका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हाल अस्थायी डिपो सहित १८ खाद्य डिपो रहेका छन् । जसमध्ये बाजुरामा दुई तथा अछाम, बझाङ, बैतडी र दार्चुलामा तीन÷तीन स्थायी डिपो रहेका छन् । बझाङमा एउटा अस्थायी खाद्य डिपो पनि रहेको छ ।
कम्पनीका धनगढी कार्यालय प्रमुख अनिलकुमारका अनुसार बझाङको चैनपुर, बिसौनी र पारिबगरमा डिपो तथा का“डामा अस्थायी डिपो रहेको छ । बझाङमा यस वर्ष तीन हजार तीन सय मेट्रिकटन चामल कोटा रहेकोमा हालसम्म दुई सय दशमलव ४० मेट्रिकटन पठाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका २८ वटा गोदाम रहेका छन् । ती गोदाममा ११ हजार चार सय ३० मेट्रिक टन चामल मौज्दात गर्ने क्षमता रहेको छ ।

लक्ष्यअनुसार धान संकलन

कम्पनीले कैलालीमा यस वर्ष लक्ष्य अनुसार धान खरिद गरिएको जनाइएको छ । कम्पनीले कैलालीको सत्ती खरिद केन्द्रबाट १५ हजार क्विन्टल र अन्य खरिद केन्द्रबाट ३४ हजार सात सय दुई गरि ४९ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ ।
कम्पनीको धनगढी कार्यालयलाई यस वर्ष ५० हजार क्वीन्टल धान खरिद गर्ने कोटा तोकिएको थियो । सत्ती धान खरिद केन्द्र पनि धनगढी मातहतमा रहेको भए पनि धान कुटानीमा सहज हुने भन्दै यस वर्ष सत्तीमा कम्पनीको बर्दिया राजापुर कार्यालयले धान खरिद गरेको छ । राजापुरमा कम्पनीको आफनै मिल रहेको छ ।
‘धनगढीबाट टाढा हुने र धान कुटानी गर्न उतैबाट सहज हुने भएकाले सत्तीमा संकलन राजापुर कार्यालयबाट धान खरिद भएको हो’ कम्पनीका धनगढी कायाृलय प्रमुख अनिलकुमारले राजापुर मिलमा धान कुटानीपछि चामल धनगढी कार्यालयमा ल्याइने बताए ।
उनकाअनुसार यस वर्ष सत्तीपछि सबैभन्दा बढी टीकापुरबाट १३ हजार आठ सय ९९ क्वीन्टल ९२ किलो धान खरिद भएको छ ।
त्यस्तै, कम्पनीले भजनीबाट नौ हजार सात सय ७९ क्वीन्टल ४२ किलो, जोशीपुरबाट छ हजार तीन सय १९ क्वीन्टल ६३ किलो र मोहनपुरबाट चार हजार सात सय क्वीन्टल धान खरिद गरिएको छ ।
कम्पनीले कात्र्तिक २८ गतेबाट धान खरिद गर्न सुरु गरेको थियो । सरकारले धानको समर्थन मूल्य तोेकेको तीन सातापछि खाद्य विभागले धान खरिद गर्न निर्देशन गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले धान खरिद गर्न सुरु गरेको थियो ।
यस वर्ष सरकारले धानको बढि समर्थन मूल्य तोकेकाले कम्पनीले लक्ष्य अनुसार धान खरिद गरेको छ । गत वर्ष कम्पनीको धनगढी कार्यालयले लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन ।
कम्पनीको धगगढी कार्यालयका अनुसार गत वर्ष पनि ५० हजार क्वीन्टल धान खरिद गर्ने कोटा तोकिए पनि २३ हजार क्वीन्टल मात्रै खरिद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार