१३ बैशाख २०८१, बिहीबार

पश्चिम सेती आयोजना निर्माणको मागसहित सांगीतिक कार्यक्रम



काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै काठमाडौंमा बिहीबार सांगीतिक कार्यक्रम भएको छ । बोलन्या थली धनगढी नामक समुहको आयोजनामा काठमाडौंको कीर्तिपुरमा साँस्कृतिक कार्यक्रम भएको थियो ।
सांगीतिक कार्यक्रममा सदूरपश्चिम प्रदेशका कलाकारहरूको प्रस्तुती रहेको थियो । बोलन्या थली समुहका संयोजक यादव जोशीले कार्यक्रमबाट संकलन भएको रकमबाट ७५० पैसा प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत् बुझाइने बताए ।
उनका अनुसार कार्यक्रममा सहभागीहरूबाट स्वःस्फूर्त रुपमा संकलन भएको पा“च हजार तीन सय ४५ रुपैया“बाट सांकेतिक विरोधस्वरुप ७५० पैसा प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको बताए ।
दबाबमुलक कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पत्र मञ्जुसा राख्ने र ‘पश्चिम सेती कहिले बन्छ ?’ भनेर प्रश्न गरिएका पत्रहरू प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम समेत तय गरिएको उनले बताए । उनले भने– पश्चिम सेती सपनाका एक लाख चिठीहरू पत्र मञ्जुसामार्फत संकलन गरी प्रधानमन्त्रीलाई दिने तयारीमा छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार