मेयर कप : पुनर्बास रातो र बेलौरी विजयी
पुनर्बास। कञ्चनपुरको पुनर्बास नगरपालिकामा भइरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिताको सोमबार भएका खेलमा पुनर्बास नगरपालिकाको रातो टीम र बेलौरी नगरपालिका विजयी भएका छन् ।
पुनर्बास नगरपालिका वडा नम्बर ३ स्थित खेल मैदानमा भइरहेको प्रतियोगिताको सोमबारकोे पहिलो खेलमा बेलौरी नगरपालिकाले कैलालीको कैलारी गाउपालिकालाई सून्यका विरुद्ध तीन गोल अन्तरले हरायो ।
बेलौरी नगरपालिका टिमका दिपेन्द्र शाहीले ह्याट्रिक गरे । उनी नै खेलको म्यान अफ द म्याच भए ।
अर्कोे खेलमा पुनर्बास नगरपालिका रातोले लालझाडी गाउँपालिकालाई सून्यका विरुद्ध दुई गोलले हरायो ।
पुनर्बास रातोका फिलिप तामाङ तथा रोहित तामाङले एकएक गोल गरे । सो खेलमा पुनर्बास रातोका फिलिप म्यान अफ द म्याच बने ।
प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् ।




