१२ श्रावण २०८१, शनिबार

पुनर्बासमा मेयर कप फुटवल हुँदै



पुनर्बास । कञ्चनपुरको पुनर्बास नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २५ गतेदेखि शुरु हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख जीवनराज थापाले जानकारी दिए ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तथा प्रदेश नम्बर ५ का स्थानीय तहहरूले टिम दर्ता गराउन सक्ने जनाइएको छ ।
पुनर्बास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समितिको आयोजनामा हुने मेयर कपका लागि माघ २३ गतेसम्म टिम दर्ता गराउन सकिने नगर खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले बताए ।
प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार हरेक खेलको म्यान अफ द म्याचले दुई हजार, वेस्ट प्लेयरले दश हजार तथा वेस्ट स्कोररले सात हजार र वेस्ट किपर, राइजिङ प्लेयर र वेस्ट डिफेन्सलाई जनही पा“च हजार रुपैया“ पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार