१२ श्रावण २०८१, शनिबार

त्रिभुवन मावि विद्यालयस्तरीय महिला क्रिकेटकाे फाईनलमा प्रवेश



धनगढी । धनगढीमा जारी प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा त्रिभुवन मावि फाईनल पुगेको छ ।
बुधबार भएको पहिलो सेमिफाईनलमा त्रिभुवन माविले राष्ट्रिय तुल्सीराम माविलाई ५७ रनले हराएर फाईनलमा प्रवेश गरेको छ ।
टस हारेर पहिले व्याटिङ गर्न निम्त्याइएको त्रिभुवन माविले २० ओभरमा सात विकेट क्षतिमा एक सय सात रन बनायो । त्रिभूवन माविका मन्जु चौधरीले २३ रन, सरला वोगटीले १७ तथा अनिता मडैले १६ रन बनाए ।
बलिङतर्फ तुल्सीराम माविका सुजाता चौधरी र दिक्षा रावतले दुई÷दुई विकेट तथा मनिषा बोहराले एक विकेट लिईन् ।
एक सय आठ रनको विजय लक्ष्य पछ्याएको राष्ट्रिय तुल्सीराम मावि १५ ओभरमा ५० रनमा समेटियो । तुल्सीराममाथि फराकिलो रनले हराउने क्रममा त्रिभुवन माविका अनिता मडैले चार, मनिषा चौधरीले दुई र निता मगरले एक विकेट लिईन् ।
बुधबार हुने भनिएको दोस्रो सेमिफाईनल खेल भने वर्षाका कारण रद्द गरिएको छ । वर्षाका कारण शारदा मावि र व्रोड भिजन एकेडेमीबीचको खेल रद्द गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार