१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम–११ र पिएफए अत्तरिया सेमिफाईनलमा



प्रदेश स्तरीय फुटबल प्रतियोगिता

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा जारी प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा सुदूरपश्चिम–११ स्पोटर््स क्लव र पिएफए अत्तरिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।
खेलमा सुदूरपश्चिम–११ स्पोटर््स क्लव र पिएफए अत्तरिया विजयी हु“दै सेमिफाईनलमा प्रवेश गरे ।
बुधबारको पहिलो खेलमा सुदूरपश्चिम–११ ले हसनपुर युवा क्लवलाई सून्यको विरुद्ध पा“च गोल अन्तरले हरायो । सुदूरपश्चिम–११ का ग्लोरीले ह्याट्रिक सहित चार गोल गरे । भने भरत टमट्टाले एक गोल गरे ।
अर्को खेलमा पिएफए अत्तरियाले फारवेष्ट पशुपति युवा क्लवलाई सून्यका विरुद्ध दुई गोलले हरायो । पिएफएका जीवन चौधरीले दुई गोल गरे ।
प्रतियोगिता आगामी २० गतेसम्म्म सञ्चालन हुने छ । प्रतियोगितामा पुरुष तर्फ १६ टिम तथा महिला तर्फ सात टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार